रूपान्तरण युवा क्लवको पाचौ साधारणसभा सम्पन्न

रातोघर

 २०७८ आश्विन ९, शनिबार  मा प्रकाशित
६०७ पाठक संख्या


 असोज ०९, सिमरा– बाराको सिमरामा रहेको रूपान्तरण युवा क्लबको पाचौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
क्लबको सभाहलमा भएको साधारण सभाको प्रमुख आतिथ्यता क्लबका जेष्ठ सदस्य बोधनाथ सुवेदिले गर्नुभएको थियो ।
क्लवका अध्यक्ष मधुसुदन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सचिव लक्ष्मण अधिकारीले पेस गर्नु भएको संस्थागत प्रतिबेदन तथा कोषाध्यक्ष भरत पोडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य शोभा कार्की, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, समाजसेवी शिव शर्मा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य रामकुमार अर्यालको तथा सञ्चालन सचिव लक्ष्मण अधिकारीको रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban