नयाबस्ती खेल मैदानमा ‘संगित महोत्सव’ हुने, शिव परियार,अस्मिता अधिकारी, बद्रि पंगेनी आउने

रातोघर

 १० आश्विन २०७८, आईतवार २२:०७  मा प्रकाशित
११०९ पाठक संख्या



जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा असोज २६ गते संगित महोत्सव आयोजना गरिने भएको छ । नयाबस्ती जनकल्याण युवा क्लबको आयोजनामा वडा नम्बर १५ स्थित नयाबस्ती खेल मैदानमा संगित महोत्सव आयोजना गर्न लागिएको हो ।

 

वडा नम्बर १५ को कार्यालयको सहयोगमा हुन लागेको महोत्सवमा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने क्लबका अध्यक्ष रमेश रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित गायक शिव परियार, लोकदोहोरी गायक बद्रि पंगेनी, गायिका अस्मिता अधिकारी, हास्यकलाकार प्रभात लामा, गायक विकास पाण्डे, गायक अंकित तामाङ, गायक अन्जित गुरुङ लगायतले आफ्नो प्रस्तुती देखाउने रेग्मीले बताउनुभयो ।

नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजना गर्न लागिएको संगित महोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ । महोत्सवलाई भब्य रुपमा सफल बनाउन बिभिन्न उप समिति गठन गरिएको छ । ‘हामीले यो महोत्सव भब्य बनाउने सोच बनाएका छौ, त्यसै अनुसार बिभिन्न समिति गठन गरेर काम अघि बढाईरहेका छौ’ अध्यक्ष रेग्मीले भन्नुभयो ।

बिभिन्न सामाजिक क्रियाकलाप समेत गर्दै आएको नयाबस्ती जनकल्याण युवा क्बले फुलपातिको दिन महोत्सव आयोजना गर्न लागेको हो । कला, साहित्य र संगितको सम्मानमा डुमरवानामा संगित महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रेग्मीले बताउनुभयो । उहाले महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

Write your Comment