जनकल्याण साकोस सिमराको अध्यक्षमा कमला घिमिरे सर्वसम्मत

रातोघर

 २०७८ माघ ५, बुधबार  मा प्रकाशित
४६७ पाठक संख्या


बारा

बाराको सिमरामारहेको जनकल्याण वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कमला घिमिरे सर्वसम्मत चयन हुनुभएको छ ।

सामाजिक क्षेत्रमा लामोसमय कार्यरत साकोसकी वरिष्ठ उपाध्यक्ष रहनुभएकी घिमिरे १९ औँ साधारणसभाबाट सर्वसम्मत रुपमा साकोसको अध्यक्षपदमा चयन हुनुभएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्ष रामप्रसाद सिलवाल, सचिव दीपकराज शर्मा, कोषाध्यक्षमा निरु बजगाईँ चयन हुनुभएको हो । त्यसैगरी सदसयहरुमा कृष्ण सिग्देल, बेली पाठक, सरिता सुब्बा, ईन्दिरा सुवेदी, इन्दु ढोडारी, रवीन्द्रराज श्रेष्ठ, मंगल पाख्रिन र मुना कार्की सर्वसम्मत चयन हुनुभएको हो ।
त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा होमबहादुर रखाल, सदस्यहरुमा मोहन प्रसाद पोख्रेल र कृष्ण घिमिरे चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक रामप्रसाद अधिकारी, समितिका सदस्यहरु रामप्रसाद पोख्रेल र दुर्गा न्यौपाने रहेको निर्वाचन मण्डलले संस्थाका वरिष्ठ सल्लाहकारमा निवर्तमान अध्यक्ष मधुशुदन सिटौला, भरत भुर्तेल, रामनाथ पौडेल र मिरादेवी ढकाल सर्वसम्मत रुपमा चयन भएको बताउनुभएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban