

हेटौंडा । मकवानपुरमा पछिल्लो दिनहरुमा दिनानुदिन कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । जिल्लामा हाल ८ सय ५० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
जिल्लमा पछिल्लो २४ घण्टामा २ सय ८२ जनामा पिसिआर र १ सय ६ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः २ सय १६ र ६९ जना गरी थप २ सय ८५ जनामा कोरोना पुटि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका निमित्त कार्यलय प्रमुख जनस्वास्थ्य अधिकृत भिमसागर गुरागाँईले जिल्लाको १० वटै स्थानीय तहमा कोरोना संक्रमितको संख्या बढेको बताए ।
प्रमुख गुरागाँईले जिल्लाको सबै भन्दा बढी संक्रमणको उच्च जोखिममा हेटौंडा उपमहानरपालिका,मनहरी र मकवानपुरगढी गाउँपालिका रहेको बताए । उनले देशभरनै कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको बताउँदै मकवानपुरमा पनि संक्रमणको दर तिब्र रुपले बढेको बताए । उनले भने, ‘पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहरमा तिब्र रुपले बढेको छ । हामीले जति परीक्षण गरिरहेका छौ,त्यसको ७६ प्रतिशतसम्म संक्रमण पुष्टि भएको छ ।’
उनले स्वास्थ्य कार्यलयले कोरोना संक्रमण बढ्न नदिन र जोखिम न्युनिकरणको लागि सचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको बताए । उनले जिल्लाम कोरोना विरुद्धको खोप कार्यक्रमलाई तिब्रता दिईरहेको पनि बताए । उनले हालसम्म ५६ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण खोप र ७८ प्रतिशतलाई पहिलो डोज लगाईसकेको बताए ।
उनले १० वटै स्थानीय तहसंगको समन्नयमा खोप कार्यक्रमहरु भईरहेको बताए । उनले पहलो र दोस्रो डोज खोप लगाईसकेका स्वास्थ्यकर्मी,सफाईकर्मी,सुरक्षाकर्मीहरुलाई तेस्रो बुस्टर मात्रा लगाउने कार्यक्रम पनि सुरु भएको बताए । उनले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै क्रमशः सम्पूर्णलाई बुस्टर मात्राको खोप लगाईने बताए ।
उनले कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यलय मकवानपुर पूर्व तयारी अवस्थामा रहेको समेत बताए । उनले जिल्लामा संक्रमित बिरामीको उपचारको लागि आवश्यक अक्सिजन पर्याप्त मात्रामा उपलब्ध रहेको बताए । उनले संक्रमणको पहिलो चरणमा अक्सिजनको चरम अभाव रहको स्मरण गर्दै हाल अक्सिजन अभाव नरहेको बताए । उनले संक्रमणबाट बच्न जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताउँदै भौतिक दुरी कायम राख्नुपर्ने,घरबाट बाहिर निस्कदा मास्क अनिर्वाय लगाउनुपर्ने,भिडभाड गर्न नहुने र स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरेका छन् ।





Write your Comment