‘कोरोना संक्रमण दर घट्दै गइरहेको छ’

रातोघर

 २०७८ माघ २१, शुक्रबार  मा प्रकाशित
३१३ पाठक संख्या


२१ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको बताएकी हुन् ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो क्रममा रहेको र त्यसको प्रभाव नेपालमा पनि परेको बताइन् ।

स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेका भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबैसँग पुनः सचेत गराइन् ।

पछिल्लो तथ्यांकले पनि नेपालमा संक्रमण दर घट्दै गएको देखाएको उनको भनाइ छ । उनले भनिन्, ‘बढी सतर्कता अपनाएर पनि यसको दर घटेको हुनसक्छ । स्वास्थ्य मापदण्ड अपराउने, भीडभाडमा नजाने र खोप लगाउने काम गर्नु पर्‍यो । हाम्रो प्रक्षेपण चाहिं के छ भने यसको दर घट्दो अवस्थामा छ ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban