हेटौंडाको तरकारी बजारबाट चोरी भयो अनटेष्ट मोटरसाईकल

रातोघर

 २०७८ फागुन २, सोमबार  मा प्रकाशित
७१० पाठक संख्या


हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको ठूलो बसपार्क नजिकै रहेको तरकारी बजारबाट अनटेष्ट मोटरसाईकल चोरी भएको छ ।

गएराति ८ बजे हेटौंडा-१० टिसिएनमा रहेको तरकारी बजारबाट थानाभर्याङका सुदिप कुमार बाँनियाको कालो रङको अनटेष्ट (नम्बर प्लेट नभएको) पल्सर २२० सिसिको मोटरसाईकल चोरी भएको हो ।

१० दिन अघि मात्रै खरिद गरिएको मोटरसाईकल चोरी भएको मोटरसाईकल धनी बाँनियाले बताए । उनले भनेः मोटरसाईकलको हन्डिल लक थियो,हन्डिल लक गरेर तरकारी बजार भित्र रहेको आफ्नो पसलमा गएको थिए फर्केर जाँदा मोटरसाईकल रहेनछ । ५ मिनेटको समयमा मोटरसाईकल चोरी भयो ।

उनले आफुले गएरातिनै बसपार्क स्थित प्रहरी कार्यलयमा घटना बारे जानकारी दिएको र रिपोर्ट गराईएको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban