पुर्नस्थापना केन्द्रको जुनसुकै समयमा अनुगमन हुन सक्छ,सचेत रहन ढकालको आग्रह

रातोघर

 २०७८ चैत्र २१, सोमबार  मा प्रकाशित
६५५ पाठक संख्या


चैत्र २१, विरगंज,पर्सा/
जिल्ला अनुगमन तथा समन्वय समिती जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा लागु औषध पुर्नस्थापना केन्द्र सम्बन्धित परामर्श तथा ब्यवस्थापनको ७ दिने तालिम  विरगंजमा सम्पन्न भएको छ । मधेश प्रदेशभरी सञ्चालनमा रहेका पुर्नस्थापना केन्द्रका संचालकहरुको उपस्थितीमा सञ्चालन गरिएको ७ दिने तालिमको आज सोमवार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।

रीकभरीङ्ग नेपालका मधेश प्रदेशका अध्यक्ष गौरव वर्माको अध्यक्षतामा उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय पर्साका अधीकृत उमेश कुमार ढकालको प्रमुख आथित्यता समापन कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष वर्माले मधेश प्रदेशका ८ जिल्लामैं पहिलो पटक प्रशासन कार्यालयले नैं यस्तो कार्यक्रम आयोजना गरेको उपलक्ष्यमा प्रशासन कार्यालयलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले तालिम पश्चात नेपाल सरकारको निर्देशीका अनुरुपको मापदण्ड पुरा गर्न नसकेका पुर्नस्थापना केन्द्रहरुले पनी कोशिस गर्नु पर्नेमा जोड दिए । पुर्नस्थापना केन्द्रहरुको प्रशासन कार्यालयले जुनसुकै समयमा स्थलगत अनुगमन गर्न सक्ने भएकोले प्रमुख अतिथी ढकालले सबैलाई समयमा सचेत रहन आग्रह गरे । कार्यक्रमको मुख्य प्रशिक्षक राजन के.सी. रहेका थिए । प्रमुख अतिथीद्वारा प्रशिक्षक राजन के.सी.लाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा रीकभरीङ्ग नेपालका केन्द्रिय महादिवेशन प्रतिनिधी सदस्य बिनय लामा र बैकल्पी केन्द्रिय प्रतिनिधी सदस्य राजकुमार लामाले संयुक्तरुपमा प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गरे थिए । कार्यक्रम ब्यवस्थापक प्रमुख बिनय लामा ,आयुष भुजेल, सन्तोष थापा र रिकभरीङ्ग नेपाल मधेश प्रदेश फोकल पर्सन जट्टाशन्कर गिरि लगायतले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban