ज्ञानेन्द्रकै कारण अब राजसंस्था फर्किन सक्दैन : महामन्त्री बर्तौला

रातोघर

 २०७८ चैत्र २५, शुक्रबार  मा प्रकाशित
३७६ पाठक संख्या


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण अब नेपालमा राजतन्त्र फर्किन नसक्ने बताएका छन्। राप्रपा नेपाल मकवानपुरद्वारा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्नुपर्ने राजा एउटा दलभित्रको गुट र समूह खोज्दै हिँड्न थालेपछि अब फेरि दरबारमा फर्किने उनको सपना सदाका लागि सकिएको बताए।

‘हामीले मुलुकभित्रका सबै दल र शक्तिले स्वीकार्ने सेरेमोनियल राजाको कुरा गर्दा उनले अस्थिरता र अराजकता सक्रिय भूमिकामा आउने रहर गरे’, बर्तौलाले भने, ‘त्यहीकारण हामीले राजाको एजेन्डा छोड्न बाध्य भएका हौँ।’
राप्रपा र कमल थापालाई कमजोर बनाउने खेलमा निर्मल निवास प्रयोग भएको भन्दै बर्तौलाले आक्रोश पोखे। अहिले पनि राप्रपा नेपाल र कमल थापालाई राजनैतिक रुपमा समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले त्यो दिवास्वप्न मात्रै हुने दाबी गरे। कार्यक्रममा राप्रपा नेपालका नेताहरु बालकृष्ण कार्की, अम्बिका ढुंगाना र गुरु सापकोटालगायतले बोलेका थिए।

खबरब्रेक डटकम 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban