मकवानपुरमा आजदेखि म्यादी प्रहरीको प्रशिक्षण सुरु

रातोघर

 २०७८ चैत्र २८, सोमबार  मा प्रकाशित
४१६ पाठक संख्या


हेटौंडा । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा छनोट भएका म्यादी प्रहरीको आजदेखि प्रशिक्षण सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रशिक्षणको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा पुरानो गोरख गण,सुपारेटार व्यारेक,हेटौडाका प्रमुख सेनानी सुवास चन्द्र महत, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की, म्यादी प्रहरी भर्ना छनौट उप-समितीका पदाधिकारी लगायतको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मकवानपुर जिल्लामा म्यादी प्रहरीमा १ हजार ४ सय ७३ जना छानिएका छन् । म्यादी प्रहरीको लागि परेको ३ हजार ७ सय ३७ जनाको आवेदन मध्य चैत १५ गतेदेखि २१ गतेसम्म संचालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परिक्षण, लिखित परीक्षा तथा अन्तर्वार्ता सफल भएका परिक्षार्थीहरुको आजदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।

म्यादी प्रहरीमा २ हजार ५ सय ९६ जना पुरुष तथा १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएका थिए । म्यादी प्रहरीको कार्यविधि ४० दिनको हुने छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरूप प्रति म्यादी प्रहरी ९एक पटकका लागि० एक हजार रुपैयाँ उपलब्ध हुने छ । बिमालगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban