जीतपुरसिमराको वडा नं. १ मा को—को छन् वडाध्यक्षको संभावित उमेद्वारहरु, कस—को के छ योगदान?

आउँदो सृङ्खलामा जीतपुरसिमराको वडा नं. २ मा को—को छन् वडाध्यक्ष जित्न सक्ने संभावित उमेद्वारहरु, कस—को के छ योगदान? भन्ने बिषयमा चर्चा गर्नेछौं ।

रातोघर

 ३० चैत्र २०७८, बुधबार १५:२९  मा प्रकाशित
१०८५ पाठक संख्या



चैत्र३०, बि.पी.भट्ट, सिमरा/ आज हामी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १ मा कुन पार्टीबाट को को छन् प्रतिस्पर्धी मध्येका सम्भावित वडाध्यक्षका उमेद्वार भन्ने बारेमा चर्चा गर्नेछौं । हामीले पार्टीगत भन्दापनी जनस्तरमा गरेको सर्वे बाट यो लेख तयार गरि रहेका छौं । यो लेखमा आकांक्षी भन्दापनी निकटतम प्रतिदोन्धी संग बराबरीको प्रतिस्पर्धा गर्न सक्ने उमेद्वारको बारेमा चर्चा गर्नेछौं । आउदो दिनमा कुन पार्टीले कस्तो ब्यक्तिलाई उमेद्वार बनाउँछ त्यो भने हेर्न बाँकीनैं छ । आउनुस् जनस्तरबाट प्राप्त छुट्टाछुट्टै पार्टीहरुको सम्भावित उमेद्वारहरुको चर्चा गरौं । हामी निष्पक्ष छौं ।

सबैभन्दा पहिला हामी जीतपुरसिमरा १ को चर्चा गर्नेछौं त्यसपछि क्रमश अन्य वडाहरुको बिषयमा चर्चा गर्नेछौं । वडा नं.१ मा नेकपा एमाले पार्टीवाट वडाध्यक्षमा सम्भावित उमेद्वारहरु मध्ये तिन जनाको बढी चर्चा हुने गरेको छ । वडा नं.१मा एमाले पार्टीबाट सुभद्रा लम्साल न्यौपाने, गौरव नेपाल र हिरा बस्नेतको बढी चर्चा चलिरहेको छ । यी तिन आकांक्षीहरुको छुट्टाछुट्टै जनप्रभाव रहेको छ । सुभद्र लम्साल न्यौपानेको कुरा गर्ने हो भने २०४६ सालदेखी एमाले पार्टीबाट राजनिती यात्रा सुरु गरेकी सुभद्राले २०५४ सालको निर्वाचनमा आफ्नै आमासंग चुनाव लडी र महिला सदस्यमा विजयी भएकी थिइन् ।

२०७४को स्थानिय निर्वाचनमा पनी वडा सदस्यमा जितेकी सुभद्रा कार्यपालिका सदस्य समेत भईन् । पछिल्लो समय नेकपाबाट पुन एमाले पार्टीमा विभाजनभैं माधव नेपाल पक्ष विभाजित हुदाँ समेत सुभद्रा संस्थापन पक्षमा अडिग रहिरहिन् । विभाजनपछि सुभद्रा पार्टीको गतिविधीमा झनै सक्रियभैं लागेकी र हाम्रो सर्वे अनुसार उनीसंग जनमत राम्रो रहेको पाईएको छ ।
त्यस्तै एमाले बाटै बलियो र सम्भावित गौरव नेपाल अर्का आकांक्षी हुन् । गौरव नेपाल युवा नेता हुन् । युवा माझ बढी लोकप्रियता रहेको नेपालले वडाध्यक्षको उमेद्वारीको लागि पार्टीमा दाबी गरि रहेका छन् ।

त्यस्तै सुरु सुरुमा एमालेका युवा नेता हिरा बस्नेत आकांक्षी नदेखिए पनी पछिल्लो समयमा उनी प्रति उमेद्वार बन्ने आकांक्षा भने देखिन थालेको छ । उनले आफु वडा अध्यक्षको उमेद्वार बने सहयोग पुराउनु पर्ने भन्दै केही स्थानियहरु सँग भन्ने गरेको हाम्रो सर्वे अनुसार पाईएको छ । २०६४ सालको निर्वाचनदेखि एमाले पार्टीबाट सक्रिय राजनितीक यात्रा सुरु गरेका बस्नेत नगर युथ फोर्सको उपाध्यक्ष भए । नगरमा संगठन विस्तारमा प्रमुख भुमिका खेलेको दाबी गर्ने बस्नेतले २०७४को निर्वाचनमा वडा अध्यक्षका प्रत्याशीत समेत बने त्यस समयमा पार्टी अन्तरघातको कारण चुनावमा हार वेहोर्नु परेको उनी बताउछन् । राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य समेत रहेका बस्नेतले नगर र प्रदेशको बजेट मार्फत आफ्नो ठाँउको विकासमा टेवा पुराएको दाबी गर्छन् । युवा माझमा लोकप्रिय रहेका बस्नेतले पार्टीबाट टिकट पाउँछ की पाउँदैन त्यो भने हेर्न बाँकी छ ।

त्यस्तै नेपाली काँग्रेस पार्टीबाट वडाध्यक्षको लागि २ जनाको दाबी रहेको छ । सम्भावित उमेद्वार मध्येद्वय निवर्तमान वडाध्यक्ष हिरा बहादुर गुरुङ्ग र वडासदस्य रामचन्द्र लामा छन् । गुरुङ्गले पुन दोहोरीने गरि उमेद्वारको आकांक्षा राखेका छन् । २०७४को निर्वाचनबाट वडा अध्यक्षभैं काम गरेका गुरुङ्गको कार्यकाल विवाद रहित र सन्तोषजननैं वित्यो । कार्यपालिकामा विपक्षीको भुमिकामा भने त्यति सक्रिय देखिएन् ।

त्यस्तै नेपाली काँग्रेसबाट वडासदस्य रामचन्द्र लामा अर्का आकांक्षी हुन् । निर्वाचनको नतिजा हात पार्न सक्ने वडा अध्यक्षका आकांक्षी लामाले ५ बर्ष वडासदस्य भएर जनताको मन जित्नेगरी काम गरेका छन् । हाम्रो सर्वे अनुसार लामा नेपाली काँग्रेसबाट उमेद्वार बने अन्य पार्टीको उमेद्वारको लागि टाउँको दुखाई हुने बराबर छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट सम्भावित उमेद्वारमा अहिले सम्म रिना बजगाई मात्र खुलेकी छिन् । केन्द्रबाट रिना बजगाईले आफु निकट नेताहरुलाई आफु आकांक्षी रहेको र सहयोग गर्न आग्रह गरेको पाइएको छ । केन्द्रबाट २०७४को निर्वाचनमा वडा अध्यक्षको प्रत्यासित मिन प्रसाद आपागाई भने अहिलेसम्म मौन नैं देखिएका छन् तर पार्टीले भने उनलाई नैं उमेद्वार बनाउन सक्ने या त अन्य विकल्प खोज्न सक्ने पनी देखिएको छ ।

त्यस्तै नेकपा समाजवादी पार्टीबाट रामदास धौजु र पेशल मुल्मीको चर्चा हुने गरेको छ । समाजवादीले १मा गठबन्धनमा रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग सहकार्य गरेर साँझा उमेद्वार बनाउन सक्ने लक्ष्यण देखिएको छ ।

त्यस्तै यतिवेल नेपाली राजनितीमा राप्रपा नेपाल प्रतिको जनलहर बढ्दो देखिएको छ । यस पटकको निर्वाचनमा राप्रपाको उपस्थितीले निर्वाचनको मत परिणाममा उथलपुथल गराउने संकेत देखा परेको छ । यस्तो अवस्थामा राप्रपाबाट १ नं.वडामा केशब तिमल्सिना र मधाव प्रसाद त्रिपाठी मध्येबाट एक जनाको उमेद्वारी पर्ने देखिएको छ ।

Write your Comment