जीतपुरसिमराको वडा नं. २ मा को—को छन् वडाध्यक्षको संभावित उमेद्वारहरु, राप्रपामा जनलहर,को बन्दैछ राप्रपाको उमेद्वार?

आउँदो सृखलामा जीतपुरसिमराको वडा नं. ३मा को—को छन् वडाध्यक्ष जित्न सक्ने संभावित उमेद्वारहरु, कस—को के छ योगदान? भन्ने बिषयमा चर्चा गर्ने छौं ।

रातोघर

 ३० चैत्र २०७८, बुधबार २२:३२  मा प्रकाशित
११७६ पाठक संख्या



चैत्र ३०,बि.पी.भट्ट,सिमरा/ आज हामी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.२ मा कुन पार्टीबाट को को छन् प्रतिस्पर्धी मध्येका सम्भावित वडाध्यक्षका उमेद्वार भन्ने बारेमा चर्चा गर्नेछौं । हामीले पार्टीगत भन्दापनी जनस्तरमा गरेको सर्वे बाट यो लेख तयार गरि रहेका छौं । यो लेखमा आकांक्षी भन्दापनी निकटतम प्रतिदोन्धी संग बराबरीको प्रतिस्पर्धा गर्न सक्ने उमेद्वारको बारेमा चर्चा गर्नेछौं । आउँदो दिनमा कुन पार्टीले कस्तो ब्यक्तिलाई उमेद्वार बनाउँछ त्यो भने हेर्न बाँकीनैं छ । आउनुस् जनस्तरबाट प्राप्त छुट्टाछुट्टै पार्टीहरुको सम्भावित उमेद्वारहरुको चर्चा गरौं । हामी निष्पक्ष छौं ।

जीतपुरसिमरा वडा नं.२ मा नेकपा एमाले पार्टीबाट संभावित उमेद्वारको नाम लिनु पर्दा ३ जनाको चर्चा बढी हुनेगरेको पाईएको छ । जस मध्ये सबैभन्दा बढी चर्चा धन बहादुर श्रेष्ठको हुने गरेको छ भने कमला घिमिरे र उद्घव अधिकारीको पनी चर्चा हुने गरेको छ । धन बहादुर श्रेष्ठ निवर्तमान वडा सदस्य समेत हुन् । श्रेष्ठले आफ्नो कार्यकालमा जनताको मनमा राम्रो स्थान बनाउन सफल भएका छन् । जो सुकैलाई जुनसुकै समयमा अप्ठेरो परेर फोन गरेमा उनी तुरुन्त पुगेर सहयोग गर्ने गरेकोले उनीसंग जनमत बलियो रहेको पाएको छ ।

हाम्रो सर्वे अनुसार आम मानिसले श्रेष्ठलाई वडा अध्यक्षको रुपमा हेर्न खोजेको स्थानियहरुले प्रतिक्रिया दिएको छ । श्रेष्ठ एमाले पार्टीबाट वडा अध्यक्षको उमेद्वार बने जित्ने सम्भाव समेत बढी रहेको पाइएको छ । त्यस्तै एमालेबाट कमला घिमिरे अर्की आकांक्षी हुन् । घिमिरे लामो समयदेखी एमालेमा सक्रिय रहेकी छिन् । श्रेष्ठ भन्दा घिमिरेको जनमानसमा प्रभाव कम रहेको भएता पनी पार्टीको गतिविधीमा भने उनको सक्रिया बढी हुने गरेको छ ।

त्यस्तै एमालेबाट उद्घब गौतम अर्का आकांक्षी हुन् । गौतम २०७४को निर्वाचनमा समेत वडा अध्यक्षका दावेदार थिए । तर पार्टी भित्रको भाग बन्डा नमिल्दा उनले पार्टीको निर्णय विरुद्घ गएर स्वतन्त्रबाट उमेद्वारी दिए । जसको प्रत्येक्ष असर पार्टीको उमेद्वारलाई पर्न गएको थियो । यस पटक पनी उनको आकांक्षा रहेको छ तर पार्टीले उनलाई दिने टिकट दिने सम्भावना भने कमनैं देखिन्छ ।

त्यस्तै जीतपुरसिमरा वडा नं.२मा नेपाली काँग्रेसबाट आकांक्षी धेरै देखिन्छ तर ति मध्येबाट हामीले ३ जनाको चर्चा गर्नेछौं । काँग्रेसबाट उमेद्वार बन्न सक्ने सन्तोष कार्की पहिलो ब्यक्ति हुन् । कार्की २०७४को निर्वाचनमा वडा अध्यक्षका प्रत्यासित समेत हुन् । २०७४मा पार्टी भित्रैकाले त्यति नचिनेका सवओभरसियर समेत रहेका कार्कीले वितेको ५ बर्षमा जनमत बोटुल्नुको साथै पार्टी भित्र समेत राम्रो छाप छोड्न सफल भएका छन् ।

त्यस्तै नेपाली काँग्रेसबाट जिवन श्रेष्ठ अर्का आकांक्षी हुन् । श्रेष्ठ तराई यातायात ब्यवसायी संघको महासचिव समेत छन् । सिमरामा उद्योगको प्रर्दुषण विरुद्घ अभियान नैं चलाएका श्रेष्ठ पनी काँग्रेसबाट सम्भावित उमेद्वार हुन् । त्यस्तै काँग्रेसमा गिता शर्मा महिला आकांक्षी हुन् । शर्माले नगरसभापती छविलाल शर्माको श्रीमती समेत हुन् । उनले गिता शर्माको उमेद्वारीको लागि भुमिका खेल्न सक्ने प्रवल सम्भाव रहेको भन्दै धेरैले टिका टिप्पणी गर्ने गरेको छ ।

त्यस्तै नेकपा माओवादीबाट सम्भावित २ जनाको चर्चा गर्नेछौं । निर्वतमान वडा अध्यक्ष तिलक श्रेष्ठ दोहोरीने दाँउमा छन् भने यता वडा सदस्य सोभा कार्कीको उपमेयरमा दाबी छ तर उपमेयरमा क्षेत्रगत हिसाबले मिलाउनको लागि उनको सम्भावना कम छ । जसले गर्दा उनले वडा अध्यक्षको दाबी नछोड्ने अवस्था देखिन्छ । कार्की कार्यपालिका सदस्य समेत हुन् ।
त्यस्तै नेकपा एकिकृत समाजवादीबाट कमला अधिकारीको उमेद्वारी पर्ने प्रवल सम्भावना रहेको छ ।

त्यस्तै राप्रपाबाट यादव अधिकारी र भरत पौडेलको चर्चा रहेको पाईएको छ । राप्रपा प्रतिको जनताको चासो बढ्दो देखिएको छ । राप्रपाको जनलहर हेर्ने हो भने यस पटक उमेदवारहरुले सोचे भन्दा फरक नतिजा आउने अवस्था बनेको छ । भलै स्थानिय तहमा राप्रपाको उपस्थिती कमजोर रहेपनी अधिकांश उमेद्वारले अपेक्षा गरेका भोट बाहिर जाने हुदाँ निर्वाचनमा कसले बाजी मार्छ भन्न सक्ने अवस्था भने छैन ।

Write your Comment