एमालेले टुङ्ग्यायो महानगरका उम्मेदवार: बिरगंजमा सरावगी,काठमाडौँमा स्थापित

रातोघर

 २०७९ बैशाख १०, शनिबार  मा प्रकाशित
३२५ पाठक संख्या


बैशाख१०,बारा/  नेकपा एमाले ले पाँच महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो। एमालेले काठमाडौँमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

निर्णय अनुसार ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकार उम्मेदवार बन्नेछन्। व्यञ्जनकार यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। कांग्रेसका चिरिबाबु महर्जनसँग उनी पराजित भएका थिए। ललितपुरको उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाउने निर्णय सचिवालय बैठकले गरेको छ।

यस्तै, वीरगंज महानगरमा एमालेले विजयी सरावगीलाई मेयरको उम्मेदवार बनाउने भएको छ। सरावगी मेयर टिकट पक्का गरेर एमाले प्रवेश गरेका थिए। जनता समाजवादी पार्टी परित्याग गरी उनी एमाले प्रवेश गरेका हुन्।

एमालेले भरतपुरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुवेदीले मेयरमा चुनाव लड्न प्रदेश सभा सदस्यबाट राजीनामा दिइसकेका छन्। यस्तै, पोखराको मेयरमा दीपक पौडललाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।

विराटनगर महानगरपालिकाको उम्मेदवार भने एमालेले चयन गरिसकेको छैन।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban