ब्रेकिङ्ग न्यूज: टुंगो लगायो एमालेले जीतपुरसिमरामा मेयर, उपमेयर

रातोघर

 २०७९ बैशाख १२, सोमबार  मा प्रकाशित
२३५८ पाठक संख्या


बैशाख,१२,बि.पी.भट्ट,सिमरा/ बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमाले पार्टीले मेयर,उपमेयर देखी सबै वडाहरुमा उमेदवार टुंगो लगाएको छ । एमालेलाई जीतपुरसिमराको टुंगो लगाउन निकै सकस परेको थियो ।

एमालेले जीतपुरसिमरामा मेयर पदका लागि सरस्वती चौधरीलाई उमेदवार बनाएको छ भने उपमेयरमा भोला अधिकारीलाई उमेदवार बनाएको छ । चौधरी जीतपुरसिमराको पहिलो पुर्व उपमेयर हुन् भने अधिकारी जीतपुरसिमरा एमाले पार्टीका नगर अध्यक्ष तथा साविक पिपप्रा सिमरा गाविसका पुर्व अध्यक्ष हुन् ।

एमालेले जीतपुरसिमरामा अझैपनी केही वडाहरुको टुंगो लगाउन सकेको छैन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban