

सिमरा – काठमाण्डौंबाट सिमरा आएको बुद्ध एयरको 9NAIT(५६३)जहाजको टायर अवतरण गर्ने क्रममा ४ वटा टायर फ्ल्याट भएको थियो । शुक्रबार साझ ६ बजेको समयमा सिमरा विमान स्थलको रनवेमा 1-9 बाट ल्याण्ड गर्ने क्रममा टायर पड्किएको हो ।
सो जहाजमा रातोघर मिडियाका अध्यक्ष राजन उप्रेती समेत सवार थिए । जहाजको टायर पड्किएको ठुलो आवाज आएको र जहाज अनकन्ट्रोल भएपछि यात्रुहरु त्रसित बनेको उप्रेतीले बताए । टायर फ्ल्याट भएपछि उद्दार तथा अग्नि निवारणको दमकम तत्काल जहाज भएको स्थानमा पुगेको थियो ।
दमकलको साह्यतामा जहाज र यात्रुलाई सुर िक्षत तरिकाले पार्किङ्ग स्थलसम्म पुराईएको थियो । कुनैपनी मानवीय क्षेती नभएको रातोघर मिडियाका राजन उप्रेतीले बताए ।





Write your Comment