

सिमरा, कृषि मन्त्री ज्वाला साहले नेकपा एमाले जितपुरका वडा अध्यक्ष उम्मेदबार सुनिल गुप्तालाइ जनताको सेबक बनाउन घर दैलोमै पुगेर आग्रह गरेकी छिन् । शनिबार जितपुर सिमरा उपमहानगरको वडा नम्बर ७ अन्तरगतका बिभिन्न टोलको घर दैलोमै पुगेर मंत्री साहले चुनाब हारे पनि बडाको सेबा गर्ने गुप्ता जिते पछि सेवक बनेर काम गर्ने बिश्बास दिलाउदै हिडेकी हुन् ।
कोरोनाको महामारी र लकडाउनमा बिपन्नहरुको अभाबमा सहयोगी बनेका गुप्ता लाई बडाका मतदाताले मत दिएर यस पटक बिजयी बनाउने आफुले घरदैलोमा अनुभव गरेको साहले बताईन् ।
उपमहानगरको प्रमुख बजारको रुपमा रहेको वडा नंम्बर ७ लाई ब्यबस्थीत बजार र फोहोर मुक्त बनाउने आफनो अठोट रहेको गुप्ताले उधमी मतदाताहरु संग मत माग्दै बाचा गरेका छन् ।
अघिल्लो निर्बाचनमा १३ मतले पराजित उम्मेदबार गुप्ताको घर दैलौ कार्यक्रममा एमालेका नेता सयौ कार्यकर्ताको उपीसथती रहेको थियो ।





Write your Comment