‘मजदुर र किसानमुखी योजना ल्याउँदैछौँ’ — मेयर उम्मेदवार पौडेल

रातोघर

 २०७९ बैशाख १८, आईतबार  मा प्रकाशित
५२२ पाठक संख्या


सिमरा, १८ वैशाख ।

जितपुरसिमरा उपमहानगरमा वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको गठबन्धन तर्फका मेयर उम्मेद्वार राजन पौडेलले आफनो गठबन्धनले जिम्मेबारी पाउदै गर्दा मजदुर र किसान मुखी योजनालाई केन्द्रभागमा राखेर योजना निर्माण गर्ने र प्रतिवद्धता पत्र सार्वजनिक गर्ने बनाएका छन् ।

श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ औद्योगिक मजदुर संघले आईतबार बाराको सिमरामा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कुनै कमीकमजोरी भए खवरदारी गर्न आग्रह गर्दै मजदुर आन्दोलनको शक्तिलाई बिचलित हुन नदिने र मजदुर आन्दोलनकै जगमा देशले बिभिन्न परिवर्तन पाएको बताए ।

पौडेलले मजदुरहरु बिद्रोहको प्रतिक भएकोले निर्बाचित जनप्रतिनीधीको बिचलन प्रती खबरदारी, निगरानी र आलोचना गर्दै बिद्रोह र खवरदारी गर्नुपर्ने बताए ।
मजदुर नेता सोनालाल साहको प्रमुख आथित्यमा सम्पन्न उक्त सभालाई, उपमेयरकी उम्मेद्वार मेघा शाही, नेकपा समाजबादीका नेता दिनेश राई, माओबादी केन्द्रका नेता अनिल श्रेष्ठ, काँग्रेसका नगर सभापती छबी शर्मा, बडा नम्बर २ का वडा अध्यक्ष उम्मेदबार तिलक बहादुर श्रेष्ठ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

सभामा गठबन्धनको आबश्यकताका बारे प्रष्ट पार्दै नेताहरुले ईमान्दारी पुर्बक मतदान गर्न कार्यकर्तालाई आग्रह गरेका थिए । जगदम्बा स्टिल, हुलास स्टिल, सुर्य नेपालका श्रमीकहरुको भब्य उपस्थिती रहेको उक्त सभा अध्यक्ष बेनी तिमल्सीनाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सैयौँ मजदुर तथा नेता कार्यकर्ताको उपस्थीती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban