जितपुरसिमरा : वडा नम्बर एकमा काँग्रेस गठबन्धनको ‘दोब्बर मत्’

शिशिर अधिकारी

 २०७९ बैशाख २२, बिहिबार  मा प्रकाशित
१५५७ पाठक संख्या


पथलैया, २२ वैशाख ।

जीतपुरसिमरा वडा १ मा माओवादी केन्द्रको सर्मथन पाएको काँग्रेसलाई बलियो शत्तिका रुपमा हेरिएको छ ।

यसअघि बडा अध्यक्षमा निर्बाचित काँग्रेसका हिरा बहादुर गुरुङ्ग (कान्छा) संगै पराजय खेप्नु परेका हिरा बस्नेत एमालेबाट दोस्रो पटक उमेदवार बनेका छन् ।
गुरुङ्खले अघिल्लो पटक दुई सय ८२ मतले पछि पारेको काँग्रेसलाई यसपटक नेकपा माओवादीको समेत साथ छ ।

गुरुङ्गलाई माओबादीको अघिल्लो निर्वाचनको मत ४ सय ६० मत थपिन सक्ने सम्भावना अनुसार गुरुङ्ग बलियो उम्मेदवारका रुपमा देखिएका छन् ।

यता राप्रपाबाट पनी अध्यक्षको उम्मेदवारले जित्ने दाबी गरिहँदा एकिकृत समाजवादीका उमेदवारले समेत एमालेकै मतमा प्रभाव पार्ने स्थानियको बुझाई छ ।
भुगोलले पथलैया र सिमरा दुई स्थानलाई जोडेको वडा १ मा पथलैयाका मतदाताको मत निर्णयक हुने अघिल्लो स्थानिय तहको निर्वाचनको परिणामले सजिलै अनुमान लगाउन सकिने १ नम्बर वडामा गठबन्धन सहितको काँग्रेसले दोब्वर मत परिणामले जित निकाल्ने दाबी गरिरहेको छ ।

हिरा गुरुङ्गको ५ बर्षे कार्यकाल बिवादरहित रहेकोले पनि नयाँ मतदाताले उनि माथी प्रश्न गर्ने ठाँउ नभएको काँग्रेसका वडा सभापति राम बहादुर अधिकारीले बताए ।

आफ्नो कार्यकालमा कोरोनाले काम गर्न सकस् बनेपछि नियमित काम बाहेक आबस्यकिय पुर्बाधार संगै सम्रग बडाको बिकासमा आफु जिम्मेबार रहेकोले मतदाताको बिस्वास गुम्न नदिएको गुरुङ्खको दाबी छ ।

बिगतमा सफल फुटबल खेलाडीका रुपमा चिनिएका गुरुङ्खलाई पार्टीले मात्र नभएर स्बतन्त्र नागरीकको समेत सर्मथन रहेको सभापतिको दाबि छ ।
एक कार्यकाल सम्पन्न गरी दोश्रो कार्यकालको कामको लागी जनता सामु मत माग्न सडक निस्किएका गुरुङ्खसंग दोश्रो पटक भने जसैगरी जित निकाल्ने एमालेका अध्यक्ष उम्मेदवार हिरा बस्नेतको योजना छ ।

घरदैलो अभियानलाई तिब्र पारेका बस्नेतलाई पनी एमाले नेता र कार्यकर्ताले सफल उम्मेदवारका रुपमा हेरेका छन् । एमालेले यस पटक भने काँग्रेसको बिरासत जसैगरी भत्काउने दाउमा चुनाबी घरदैलोमा लागिरहेको छ ।

यता राप्रपाबाट अध्यक्षका उम्मेदवार बनेका धिरज पुडासैनी भ्रस्टाचार मुक्त वडाका रुपमा बिकास गर्ने नारा बोकेर चुनाबी मैदानमा होमिएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban