जीतपुरसिमरा २१ मा दुई दलमै मुख्य प्रतिस्पर्धा

रातोघर

 २०७९ बैशाख २३, शुक्रबार  मा प्रकाशित
९८१ पाठक संख्या


सिमरा, २३ वैशाख ।

स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलका उम्मेदवारहरु मतदाता रिझाउन ब्यवस्थ छन् । कसको शक्ति कती भन्ने सवालमा आम जनताले आँकलन गर्न थालेका छन्भने दलका आ आफ्नै दाबी र प्रतिवद्धता लिएर घरदैलोमा छन् ।

यसैगरी जीतपुरसिमरा उपहानगरको बडा नम्बर २१ मा एमाले र माओबादी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा माओवादीले पुरानै अनुहारका अध्यक्ष कृष्ण बहादुर ठकुरीलाई उम्मेदबार बनाएको छ भने एमालेले लामो समय शिक्षण पेसामा आवद्ध भएका शिक्षक सुभाष श्रेष्ठलाई अघि सारेपछि कडा प्रतिस्पर्धा देखिएको हो ।

श्रेष्ठले जनताको सेवा गर्ने शैलीमा परिवर्तन आबश्यक रहेको बताउदै सामाजिक बिकास भनेको बाटो निर्माण र नाला मात्रै नभएको भन्दै शिक्षा र स्वास्थ्यमा केन्द्रित रहेर घोषणा पत्र सार्वजनिक गरेका छन् ।

शिक्षा, स्बास्थ्य बाहेक पनि अमलेखगंज आफैमा ऐतिहासिक नगरी भएकोले यसको परिचय बृहत बनाउन आफनो अठोठ सहितको उम्मेदवारी रहेको श्रेष्ठको धारणा छ ।

उनले बिशेष गरी वडाको शिक्षा क्षेत्रलाई विकास गरी वडाका हरेका तह र वर्गका नागरिकलाई शिक्षाको सरल पहुँचमा ल्याउने योजना बनाएका छन् ।

उनलाई कतिपय बिद्यार्थी वर्ग र अभिभावकले जित्ने उम्मेद्वारका रुपमा लिएका छन् भने उनको प्रतिस्पर्धामा अघिल्लो निर्माचनमा जित हात पारेको नेकपा माओबादी पनी बलियो रुपमा देखिएको छ ।

उम्मेद्वार कृष्ण बहादुर ठकुरी पनी वडामा जित्ने उम्मेदवारका रुपमा हेरिएको छ । उनले आफ्नो कार्यकालमा आलोचना खेप्न नपरेको भन्दै जनताले फेरी बिस्वास गरेर जिम्मेवारी दिनेमा ढुक्क भएको बताइरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban