जीतपुरसिमरामा डा.कृष्ण पौडेललाई कसले असफल बनायो,पौडेलले खोलेपोल भिडियो सहित हेर्नुहोस्

रातोघर

 २०७९ बैशाख २७, मंगलबार  मा प्रकाशित
१८६२ पाठक संख्या


जीतपुर,बैशाख२७ । नेकपा माओबादीबाट साझा गठबन्धनका उम्मेद्वार राजन पौडेलले अहिले मेयर उम्मेद्वार चौधरीलाई जिताउन लागी पर्ने एमालेका ब्यक्तिहरुनै तस्कालिन रुपमा मेयर डा. पौडेललाई असफल बनाउने योजनामा हिँडेको रहस्या खोलेका छन् ।

नगरको १७ नम्बर वडामा चुनाबी अभियानमा पुगेका गठबन्धन उम्मेद्वार राजन पौडेलले एमालेकै नेता कार्यकर्ताले तस्कालिन मेयर डा. कृष्ण पौडेललाई हकार्ने र धम्क्याउने कार्य भएको भन्दै आफ्ने नेतृत्वलाई घेराबन्दीमा पार्ने एमालेको बिस्वास गर्न नहुने तर्क राखे ।

उनले अहिले एमालेबाटै मेयर उम्मेद्वार पदमा नाम सिफारिस भएका नै मेयर पौडललाई असफल बनाउन योजनाबद्ध भएर लागेका कारण एमालेको नेतृत्व असफल भएको तर्क गरे ।

उम्मेद्वार पौडेलले एमोलेले बहुमत नभएका कारण काम गर्न र सफल हुन नसकेको तर्क गरिरहेका बेला निजगढ् र सिम्रोनगढ नगरपालीकाको उदाहरण दिएका छन् ।

ति दुई स्थानिय तहमा पनी अल्पमतमा रहेका नेतृत्वले काम गर्ने सकेको तर जीतपुरसिमरामा भने आफ्नै दलबाट घेराबन्दीमा पारेका मेयर डा. पौडेल प्रति सहानुभुती तर्क गर्दै उम्मेद्वार पौडेलले एमालेलाई अब फेरीपनी बिस्वास गरेर नगरको बिकासलाई पछाडी धकेल्न नहुने तर्क गरे ।

एक फरक प्रशंगमा उनले एमाले उम्मेद्वार चौधरी पराजयको डरले चौधरी समुदायमा जातीय मत माग्नका लागी दबाद सृजना गर्दै हिँडेको प्रति लक्षित गर्दै उनले घरदैलोमा रुँदै हिडेको संज्ञा दिएका छन् ।

रोएर बिकास नहुने र आम जनतामा एमालेले बिस्वास गुमाइसकेको भन्दै चौधरीले आफ्नो समुदायका लागी गरेको कुनै एउटा लक्षित बिकासको नमुना देखाईदिन चुनौती समेत दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban