हेटौंडा १९ वडा अध्यक्षमा एमालेका नरनाथ सुवेदीको प्यानलनै निर्वाचित

रातोघर

 २०७९ जेष्ठ २, सोमबार  मा प्रकाशित
६४५ पाठक संख्या


हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ को वडा अध्यक्षमा एमालेका वडा अध्यक्षका उम्मेद्वार नरनाथ सुवेदी विजयी भएका छन् ।

केहिबेर अघि आएको मतगणनाको नजिता अनुसार सुवेदीले १ हजार ४२३ मत ल्याउँदै वडामा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका राम कुमार थापाल १ हजार २०२ मत ल्याए । यसैगरि,वडा अध्यक्षका उम्मेद्वार नेकपा माओवादी केन्द्रका प्रकाश लामा थोकरले ९६३ मत ल्याए ।

यसैगरि,हेटौंडा १९ को वडासदस्यहरमा पनि एमालेका उम्मेद्वारहर विजयी भएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban