जीतपुरसिमरा वडा नं.१९ मा माओवादी केन्द्रका क्षेत्रीको प्यानलनैं विजयी,मत परिणाम सहित

रातोघर

 २०७९ जेष्ठ २, सोमबार  मा प्रकाशित
८४४ पाठक संख्या


जेष्ठ २,सिमरा / जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपेन्द्रकुमार क्षेत्रीको प्यानल विजयी भएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जीतेको उक्त वडामा जित हात पार्ने क्रममा निर्वाचित हुने क्रममा माओवादीका क्षेत्रीले लोकप्रिय मत हासिल गरे । उनले एक हजार पाँच सय ९६ मत प्राप्त गरेका छन् ।

उनका निकटमत प्रतिद्धन्दी नेकपा एमालेका सुदनदास तत्माले एक हजार ४८ मत पाएका छन् । तत्मा अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए । यसैगरी कांग्रेसका महेन्द्र राउतले चार सय ३७ मत प्राप्त गरेका छन् ।

उक्त वडामा माओवादी केन्द्रका महिला सदस्य उम्मेदवार सुशिला देवी थरुनी एक हजार पाँच सय ७९, दलित महिला सदस्य उम्मेदवार मायाकुमारी देवी मुसहर्नी एक हजार पाँच सय ७५, सदस्य पदका उम्मेदवार मदन साह तेली एक हजार पाँच सय ३२ र महमद समाउन अंसारी एक हजार पाँच सय ४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेलाई बढी मत

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १९ बाट गठबन्धनको प्रमुख पदका उम्मेदवार राजन पौडेलले एक हजार चार सय ५४ र एमालेको प्रमुख पदकी उम्मेदवार एक हजार एक सय चार मत प्राप्त गरेकी छिन् ।

यसैगरी उपप्रमुखमा एमालेका उपप्रमुख पदका उम्मेदवार भोलाप्रसाद अधिकारीले एक हजार ५५ मत प्राप्त गरेका छन् भने गठबन्धनकी उम्मेदवार मेघा शाहीले चार सय ३७ मत प्राप्त गरेकी छिन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban