

जेष्ठ ३, सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका ८ मा नेकपा एमालेका उम्मेदवार शिवशंकर महतो कोईरीको प्यानल विजयी भएको छ । महतो आठ सय ४० मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु कुर्मीसंग एक सय ८७ को फराकिलो मतान्तरले जित हात पारेका हुन् । कुर्मीले ६ सय ५३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बदरी सहनी गोढीले चार सय ५५ मत प्राप्त गरेका छन् ।
उक्त वडामा एमालेको तर्फबाट महिला सदस्यको उम्मेदवार चन्दा चौधरी, दलित महिला सदस्य लक्ष्मीनीया देवी, सदस्य गंगा राउत कुर्मी र रुदल सहनी गोढी विजयी भएका छन् ।
प्रमुख र उपप्रमुखमा एमालेलाई बढी मत
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ८ बाट नेकपा एमालेका नगर प्रमुख र उपप्रमुख उम्मेदवारले बढी मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय दिएको जानकारी अनुसार एमालेको प्रमुख पदकी उम्मेदवार सरस्वती देवी चौधरीले आठ सय चार मत प्राप्त गरिन् ।
प्रमुख पदकै अर्का उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका संजय साहले ६ सय ३७, नेकपा माओवादी केन्द्रका राजन पौडेल तीन सय ४८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले आठ सय ४१ मत प्राप्त गर्दा लोसपाकी उपप्रमुख उम्मेदवार विपी मोत्तानले ६ सय ३८ मत पाएकी छिन् । यसैगरी कांग्रेसकी उपप्रमुख उम्मेदवार मेघा शाहीले चार सय ५४ मत प्राप्त गरेकी छिन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ८ को अन्तिम मतपरिणाम:
नेकपा एमाले
प्रमुख: ८०४
उपप्रमुख: ८४१
वडाध्यक्ष: ८४०
महिला सदस्य: ८४७
दलित महिला सदस्य: ८४५
खुल्ला सदस्य: ८१२
खुल्ला सदस्य: ८००
गठबन्धन
प्रमुख ९माओवादी०स् ३४८
उपप्रमुख ९कांग्रेस०स् ४५४
लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुख: ६३७
उपप्रमुख: ६३८
वडाध्यक्ष: ६५३
महिला सदस्य: ६५२
दलित महिला सदस्य: ६४६
खुल्ला सदस्य: ६५३
खुल्ला सदस्य: ६४७
नेपाली कांग्रेस
वडाध्यक्ष: ४४५
महिला सदस्य: ४६२
दलित महिला सदस्य: ४६७
खुल्ला सदस्य: ४३५
खुल्ला सदस्य: ४०३
राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुख: ३
उपप्रमुख: १०





Write your Comment