

जेष्ठ २२ रुपन्देही / रुपन्देहीमा आज बिहानै यात्रुवाहक बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाकाृ सनाखत भएको छ । बिहान जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्वरको बस रोहिणी खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका ९ जनामध्ये थप जनाको सनाखत भएको हो ।
थप सनाखत हुनेमा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्मा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यससँगै सनाखत हुनेको संख्या ५ पुगेको छ । यसअघि ४ जनाको सनाखत भएको थियो । जसमा रुपन्देही डिएपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् ।
दुर्घटनामा मृत्यु भएका अन्य ४ जनाको भने सनाखत गर्ने प्रयास भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । उक्त बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।





Write your Comment