

मकवानपुर ,२५ जेठ । हेटौंडा उपमहानगरपालिकाले शारिरीक रुपमा अशक्त भई दैनिक जिवनमा समस्या व्यहोरेका हेटौंडा–१७ का एक युवालाई ह्लिचेयर वितरण गरेको छ । उपमहानगरको महिला तथा बालबालिका महाशाखाको समन्वयमा हेटौंडा उपमहानगपालिका वडा नम्वर १७ बस्ने १६ वर्षीय भोजराज घिमिरेलाई ह्लिचेयर वितरण गरेको हो ।
उक्त ह्लिचेयर नगरप्रमुख मिनाकुमारी लामाले बुधबार घिमिरेका बुबा कृष्णप्रसाद घिमिरेलाई हस्तान्तरण गरेकी हुन् । उपमहानगरले चालु आर्थिक वर्षको हालसम्म नगरका विभिन्न वडामा रहेका शारीरिक अशक्तहरुलाई पटक/पटक गरी ७० वटा भन्दा बढी ह्लिचेयर वितरण गरेको महाशाखा प्रमुख सापकोटाले जानकारी दिए ।





Write your Comment