

जेष्ठ २८, काठमाडौँ :विद्यालय संचालन भएको करिब एक महिनापछि मुगुमा पाठयपुस्तक पुगेको छ । गत जेठ १ गते देखि विद्यालयमा पठनपाठन सुरु गरिए पनि पाठयपुस्तक अभावमा अध्यन अध्यापन प्रभावित भएको थियो ।
छायाँनाथ रारा नगरपालिका अन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले शुक्रबार पुस्तक गमगढीमा पुर्याएको हो । प्रादेशीक राजधानी सुर्खेत पाठयपुस्तक बिक्री डिपोबाट ढुवानी गरी गमगढीमा ल्याएको हो । जिम्मा लगेको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गरिने पुस्तक बिक्रेता जयलक्ष्मी भामले जानकारी दिए ।
पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई पटक पटक ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताए । जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुस्तक र्पुयाएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाइ कार्यालयले जनाएको छ ।





Write your Comment