

डोटी:
डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाँउपालिका वडा नम्वर ६ की १८ वर्षीया ढुल्लु अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार, अधिकारीको रोपाईं गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा नदीमा खसेर मृत्यु भएको हो । अधिकारीको गत मंसिरमा विवाह भएको थियो । उनको श्रीमान् रोजगारीको लागि भारतमा छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।





Write your Comment