भुटानी शरणार्थीका नेता राईको निधन

रातोघर

 २०७९ अषाढ ५, आईतबार  मा प्रकाशित
३५२ पाठक संख्या


असार ५,झापा:

झापाको दमकमा बस्दै आएका ७५ वर्षीय डा.भम्पा राईको निधन भएको छ । उनको आज बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राईको आइतबार किरात संस्कारअनुसार दमकमा अन्त्येष्टि गर्ने तयारी छ । पेट सम्बन्धी समस्याबाट पीडित रहेका उनको पाँच दिन अघि उनको हर्नियाको शल्यक्रिया पनि भएको थियो ।

शनिबार दिउँसो मुटुको चालमा गडबडी भएपछि सुरुमा दमकस्थित लाइफलाइन अस्पतालमा त्यसपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको थियो ।

भुटानी राजाका निजी डाक्टर रहेका उनी सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban