

असार ९,भक्तपुर:
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्शचोकमा टिप्परको ठक्करबाट मृत्यु भएका दुई जनाको सनाखत भएको छ । बिहीबार बिहान बा ८९ प ७८७६ नम्वरको मोटरसाईकललाई जगातीबाट सूर्यविनायक आउँदै गरेको बा.४ख ५२९८ नम्वरको टिपरले ठक्कर दुई जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ घर भएका १९ वर्षीय निश्चल चौगुठी र भक्तपुर नगरपालिका–१ बस्ने वर्ष २० का रोशन गारु रहेको भक्तपुर प्रहरीले जनाएको छ । दुर्घटनापछि उपचारको क्रममा भक्तपुर अस्पतालमा उनीहरुको मृत्यु भएको थियो ।
टिप्पर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भएका ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





Write your Comment