रासायनिक मल उपलब्ध गराउने ज्ञापनपत्र मुख्यमन्त्रीले बुझ्न नमानेको भन्दै प्रदर्शन

रातोघर

 २०७९ अषाढ १०, शुक्रबार  मा प्रकाशित
२४७ पाठक संख्या


असार १०, धनगढी :

रासायनिक मल उपलब्ध गराउन माग गर्दै कैलालीका किसानले मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शन गरेका छन् ।मल माग्दै ज्ञापन पत्र बुझाउन गएका किसानले मुख्यमन्त्री त्रिलोचन भट्टले समय नदिएपछि अखिल नेपाल किसान महासंघको अगुवाईमा कार्यालय अघि नै प्रदर्शन भएको हो ।

 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भने किसानहरु मुख्यमन्त्री भट्ट कार्यालय नभएका बेला ज्ञापन पत्र बुझाउन आएकाले समस्या भएको बताएको छ । ज्ञापनपत्र कर्मचारीले बुझिदिने भन्दा किसानले अस्वीकार गर्दै प्रदर्शन गरेका हुन् ।

 

महासंघले कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र बुझाएको हो । ‘समयमै मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गई, खाद्य सुरक्षामा समेत नआउला भन्न सकिँदैन । रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरेर सहज रुपमा मल उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban