जितपुरसिमराकोे स्थगित छैठौं नगरसभामा देखिएको दृश्य र अबको बाटो

एमालेको घेरा तोढ्दै नगरप्रमुख,अब कसरी अगाडी बढ्छ नगरसभा?

रातोघर

 २०७९ अषाढ १०, शुक्रबार  मा प्रकाशित
११४९ पाठक संख्या


बि.पी. भट्ट,२०७९ असार १० शुक्रबार/ बाराको जितपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा ५१ प्रतिशत गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । सभाध्यक्ष नगरप्रमुख राजन पौडेलले गणपुरक संख्या नपुगेकाले नगरसभा स्थगित भएको घोषणा गर्दै दोस्रो सुचना जारी गरेर पुन नगरसभा गरिने बताए ।

संछिप्त प्रतिक्रिया दिदैं पौडेलले केही कार्यपालिका सदस्यहरुबाट उदण्ड ब्यवहार देखाउने काम भएको र नगरसभा असफल बनाउने काम गरेको आरोप लगाए । पौडेललाई पत्रकारले उदण्ड देखाउने जनप्रतिनिधी को हुन् भनेर प्रश्न गर्दा उनले नाम लिन चाहेन र अब देखि हरेक कार्यपालिका बैठक लाईभ गरिने र त्यहीबाट त्यस्ता जनप्रतिनिधीको जनताले पहिचान गर्न पाउँने उनले प्रतिक्रिया दिए ।

यता कार्यपालिकामा बहुमतमा रहेको नेकपा एमालेका उपप्रमुख भोला अधिकारीले समेत कार्यपालिका सदस्यको गणपुरक संख्या नपुगेको कारण नगरसभा स्थगित भएको बताए । कार्यपालिका सदस्यहरुमा सुचना ढिलो प्रवाह भएकोले सदस्यहरुको उपस्थिती कम भएको अधिकारीले बताए ।

तर बास्तविकता फरक: आ आफ्नै स्वार्थमा जनप्रतिनिधी
आज असार १० गते डाकिएको नगरसभामा नगर प्रमुख र उपप्रमुखले भने जस्तो गणपुरक संख्यानैं नभएको होईन । त्यहाँको उपस्थिती हेर्ने हो भने ९९ प्रतिशत कार्यपालिका सदस्य उपस्थित थिए । तर एमाले निकट वडाध्यक्षहरुले वडाको बजेट सिलिङ्ग तोकेर मात्र नगरसभा सम्पन्न गरिने भन्दै बिरोध गरेपछि नगरसभामा भाँडभैलो हुन पुगेको थियो ।

विगतका बर्षहरुमा अधिकांश बजेट वडामा सिलिङ्ग मार्फत दिने प्रचलन रहेको थियो । यस पटक वडाको सिलिङ्ग बजेट कटौती गरेर नगरस्तर बजेट बनाएको हुनाले एमाले निकट वडाध्यक्षहरु बिरोधमा उत्रिएका थिए ।

अब कसरी अगाडी बढ्छ नगरसभा?
कानुन त पहिलो नगरसभामा ५१ प्रतिशत उपस्थिती हुन नसकेको अवस्थामा दोस्रो सुचना जारी गरि नगरसभा गरिन्छ । दोस्रो सुचनामा ३० प्रतिशत मात्र गणपुरक संख्या पुगेमा नगरसभा सम्पन्न भएको कानुनत मानिन्छ ।

यदि दोस्रो पटक ३० प्रतिशत गणरुपक संख्या नपुगेमा तेस्रो सुचना जारी गरिन्छ र तेस्रो पटकको नगरसभाको लागि २५ प्रतिशत मात्र गणपुरक संख्या पुगेमा नगरसभा सम्पन्न भएको कानुनत मानिन्छ । यदि तेस्रो पटक २५ प्रतिशत गणरुपक संख्या नपुगेमा चौथो पटक नगरप्रमुखको एकल निर्णयबाट पनि बजेट ल्याउन पाउने कानुनी प्रवाधान रहेको छ ।

एमालेको घेरा तोढ्दै नगरप्रमुख
कार्यपालिकामा अल्पमतमा परेका नगरप्रमुख राजन पौडेल एमालेको बहुमतको घेरालाई तोढ्ने दाँउमा देखिन्छ । बहुमतको हुकुम बोकेर बसेको एमालेलाई यतिवेला नगरप्रमुखको काम कार्वाही लौरो न पुछ्र बराबर भएको छ ।

२०७४ को निर्वाचन बाट नगरको नेतृत्व गरेको एमालेको कार्यकाल सन्तोषजनक नभएको गुनासो कायम रहेको अवस्थामा यस पटक पनी बहुमत बोकेको एमालेले नगर असफल भए जनतामा के जवाफ देला त्यो आउदो दिनमा हेर्न बाँकी छ । तर एमाले आफ्नो बहुमतको अडानबाट पछि नहट्ने र नगरप्रमुख आफ्नो निर्णयबाट पछि नहट्ने भने नगरको भविष्य के होला आम मानिसको चिन्ताको बिषय बनेको छ ।

नगरसभाको लाईभको जनताको प्रतिक्रिया
नगरपालिकाले नगर सभाको कार्यक्रम नगरको फेसबुक पेजबाट लाईभ गरेको थियो । लाईभ भिडियो हेर्ने नगरवासीले कम्मेन्ट मार्फत विभिन्न प्रतिक्रिया दिएका छन् । नगरवासीले जनप्रतिनिधीलाई झगडा गर्न पठाएको की जनताको काम गर्न? मेयरको कस्तो ताल हो? हरेक कार्यपालिका बैठक लाइभ हुनु पर्यो जस्ता राम्रा नराम्रा धेरै प्रतिक्रिया दिएका छन् ।

कार्यकारीको भनाईमा झस्किए जनप्रतिनिधी
कार्यकारी प्रशासकिय अधिकृत चेतनाथ पोखरेलले नगरसभा असफल भएकोले नगरको आर्थिक कारोवारको काम कार्वाही नहुने बताए । असरमा धेरै भुक्तानी गर्नुपर्ने हुन्छ तर कार्यकारीको बनाई अनुसार नगरको काम कार्वाही अगाडी बड्ने हो भने तनाबको स्थिती सर्जना हुने अवस्था आउन सक्छ ।

अधिकांश नगरले सञ्चालन गरेको आयोजनाहरुको भुक्तानी हुन बाँकी छ । यदि आर्थिक कारोवार रोकियो भने बिभिन्न समस्या आउने जानकारवालाहरु बताउछन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban