

असार १६, काभ्रे :
काभ्रेको बनेपा नगरपालिका–११ मा बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षीया लेख कुमारी बस्नेत रहेकी छिन् ।
अस्पतालका स्टाफ बोकेर ओरालो झर्ने क्रममा बा १ क ५७४७ नम्वरको बस सडकबाट ७ मिटर तल झरेर रुखमा अड्किएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको शिर मोमोरियलमा उपचार भइरहेको छ । भूमि अस्पतालमा ७ जना, धुलिखेल अस्पतालमा ८ जना र बाल अपांग अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।





Write your Comment