साहित्यकार अमन एकलले ल्याए लोकदोहोरी गीत “पानीसँगै असिना”(भिडियो सहित)

रातोघर

 १९ असार २०७९, आईतवार ११:५२  मा प्रकाशित
२१६ पाठक संख्या



यसअघि कविता र गजलमा सक्रिय रुपमा कलम चलाउँदै आउनु भएका कवि/गजलकार अमन एकलको लोकदोहोरी गीत बजारमा आएको छ ।

“नुवाकोटमा पानी पर्‍यो रसुवामा असिना, लेऊ लेऊ त्यो रुमाल पुछौँ पसिना” बोलको लोकदोहोरी गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका निशा रणपालले गायक अमनलाई आवाजमा साथ दिनु भएको छ ।

रामशरण पाण्डेको लय/सङ्गीत रहेको सो गीतमा गायक अमन एकल र केशव अधिकारीको शब्द रहेको छ ।
गीतमा राम शरण पाण्डे , अञ्जु सुनार , केशव अधिकारी , निशा रणपाल, हरि प्रसाद न्यौपाने “सुगम”, सुस्मिता तामाङ लगायतको अभिनय देख्न सकिन्छ ।

दिनेश मुस्कानको छायाङ्कन तथा निर्देशन रहेको गीतलाई

खरो मिडियाले युटुबमार्फत शनिबार सार्वजनिक गरेको छ । गीतमा नारायण दङ्गालको सङ्गीत संयोजन रहेको छ ।
रसुवा र नुवाकोटलाई जोडेर सिर्जना गरिएको गीत, रसुवा र नुवाकोटका अलवा काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ।

रोजगारीको सिलसिलामा लामो समयसम्म युएईमा रहनु भएका गायक अमन एकल सगरमाथा साहित्य प्रतिष्ठान, युएईका पूर्व-उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँ हाल काठमाडौँमा बसेर साहित्य लेखन र गीत सङ्गीतमा सक्रिय रहँदै आउनु भएको छ ।
भिडियोको लागि यहाँ क्लिक गर्नुस

Write your Comment