१४ जनाको मृत्यु

रातोघर

 २६ असार २०७९, आईतवार १६:०२  मा प्रकाशित
३४८ पाठक संख्या



असार २६,जोहानेसबर्ग:

दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने ।

घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ । एजेन्सी

 

Write your Comment