प्रतिनिधिसभाको उपसभामुखमा भुसाल निर्वाचित

रातोघर

 २०७९ अषाढ ३१, शुक्रबार  मा प्रकाशित
४६५ पाठक संख्या


असार ३१ , काठमाडौं :

प्रतिनिधिसभाको उपसभामुख पदमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी भुसाल १४८ मतसहित उपसभापति पदमा निर्वाचित भएकी हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । भुसालको उम्मेदवारीको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका थिए भने समर्थकमा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरी रहेकी थिइन् । भुसाल सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेकी हुन भने भट्टराई विपक्षी दलबाट उम्मेदवार बनेकी हुन् ।

तत्कालीन नेकपाको सरकार बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने व्यवस्था भएपछि अग्नि सापकोटालाई सभामुख हुन बाटो खोल्दै २०७६ माघ ६ गते डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै उक्त पद खाली रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban