एकदिनमा थप १३५ कोरोना पुष्टि ,एकको मृत्यु

रातोघर

 २०७९ श्रावण १, आईतबार  मा प्रकाशित
४२२ पाठक संख्या


श्रावण १, काठमाडौं :

नेपालमा थप १३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ४३ जना रहेका छन् । त्यस्तै, सिरहामा ११ तथा कास्कीमा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ भने ५९ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै काठमाडौंडामा रहेका छन् । त्यहाँ ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban