अशोज१० गतेबाट सिमरामा KSR मुभिज सञ्चालनमा,प्रेम गित ३ प्रर्दशनमा आउँदै

रातोघर

 २६ भाद्र २०७९, आईतवार २०:१८  मा प्रकाशित
६८८ पाठक संख्या



२०७९ भाद्र २६,सिमरा/ बाराको जीतपुरसिमरा एयरपोर्ट रोड स्थित रहेको सिमरा विजनेश सेन्टरमा यहि आउँदो असोज १० गतेदेखी के.एस.आर.(KSR) मुभिज सञ्चालनमा आउँदैछ । बारा जिल्लामैं ब्यवस्थित पार्किङ्ग सँगै मार्केट समेत रहेको विजनेश सेन्टरले २ वटा मल्टिफ्लेक्स हल सञ्चालनमा ल्याउन लागेको हो ।

सिमरा विजनेश सेन्टरमा सञ्चालनमा आउन लागेको के.एस.आर. मुभिज अत्याधुनिक प्रविधी जडित मधेश प्रदेशकैं उत्कृष्ठ र आरमदायी सिट भएको मल्टिफ्लेक्स सिनेमा हल भएको सञ्चालकको दाबी रहेको छ । ठुलो प्रर्धा र सानो प्रर्धा गरी २ वटा हलमा एक सो मा करिब ३ सय ५ जनाले एकै साथ फिल्म हेर्न सक्ने विजनेश सेन्टरका सञ्चालक राजन उपे्रतीले बताए ।

बारा र आसपासको क्षेत्रमा मल्टिफ्लेक्स सिनेमा हल नहुदाँ यस क्षेत्रका फिल्म हेर्ने पारखीहरु हेटौंडा जानु पर्ने बाध्यता थियो, के.एस.आर. मुभिजले त्यसको अन्त्य गरेको विजनेश सेन्टरका अध्यक्ष कासिम मियाँले बताए ।

हल उद्घाटनको अवसर पारी अशोज १० रिलिज हुन लागेको प्रेम गित ३ नेपाली मुभिज लाग्ने र सोही दिनबाट औपचारिक रुपमा हल सञ्चालनमा आउने सञ्चालक सुदिप लामाले बताए । फिल्म हेर्न चाहाने दर्शकको लागि अशोज ७ गतेबाट अग्रिम अनलाईन टिकट बुकिङ्ग गर्न सकिने ब्यवस्था मिलाईएको लामाले बताए ।

Write your Comment