पुर्वमन्त्री श्रेष्ठको बारामा २ सय करोडको योजना,बाराबाटै प्रतिनिधी सभा उमेदवार

रातोघर

 ३० भाद्र २०७९, बिहीबार १६:३३  मा प्रकाशित
९०८ पाठक संख्या



३० भाद्र २०७९,बि.पी भट्ट,बारा/ यहि आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं.४मा सत्तारूढ गठबन्धनमा सहमति भए गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का नेता तथा पुर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ(किसान) लाई साझा उम्मेदवारको रुपमा अगाडी सार्ने सम्भावना देखिएको छ । अहिले बारा क्षेत्र नं.४ मा गठबन्धनका लागि श्रेष्ठ बलियो उमेदवार रहेको चर्चा स्थानिय देखि केन्द्र सम्म हुने गरेको छ ।

२०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं.१ मा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई नैं हराएर प्रतिनिधीसभा सदस्य बनेका श्रेष्ठले गठबन्धन जोगाउनको लागि भए पनी त्यो क्षेत्र पौडेलको लागि छोड्नु पर्ने देखिन्छ । गठबन्धनको संयोजक समेत रहेका पौडेल आफु अनुकुलको क्षेत्र सुरक्षित गर्ने र श्रेष्ठको राम्रो प्रभाव रहेको बारा क्षेत्र नं.४ मा श्रेष्ठलाई गठबन्धनको साझा उमेदवारको रुपमा अगाडी सार्न सक्ने पौडेल निकट एक नेताले बताए ।

सिमरामा युवाहरु सँगको भेटघाटमा पुर्वमन्त्री श्रेष्ठले समेत मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताहरूले बारा–४ मा उम्मेदवार बन्न निर्देशन दिए आफु यहाँ पनि आउन तयार रहेको प्रतिक्रिया दिएका थिए । यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ सो क्षेत्रमा सोही राजनीतिक दलले पाउने समझदारी भए पनि सत्ता गठबन्धन बीच सहमति भए आफू तनहुँ क्षेत्र नम्बर १ छोडेर बारा–४ बाट पनि चुनाव लड्न तयार रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफू आवश्यकता अनुसार बारा–४ बाट पनि चुनाव लड्न तयार रहेको बताएका हुन् ।

लोकप्रिय नेताको रुपमा स्थापित कृष्ण कुमार श्रेष्ठ(किसान) को प्रभाव
निकै सरल तथा मिजासिलो स्वभावका सानाठुला र जुनसुकै पार्टीका जो कोही सँग पनी मित्रवत ब्यवहोर बनाउन खपिस कृष्ण कुमार श्रेष्ठ(किसान) तनहुँमा मात्र नभई बारामा पनी उतिकै परिचित ब्यक्ति हुन् । उनी निर्वाचित भए गठबन्धनको सरकार बन्दा पुन मन्त्री बन्ने लाईनमा रहेका छन् ।

श्रेष्ठ आफ्नो पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँग मात्र नभई नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्षत नेता हरु सँग सिधा सम्पर्क भएका नेता हुन् ।

श्रेष्ठले बारामा लामो समयदेखी सम्बन्ध जोडेका छन् । श्रेष्ठ बाराबाटै एक ठुला उद्योगी ब्यवसायीको रुपमा परिचित छन् । उनले जीतपुरसिमरा वडा ४ औराहामा स्थायी रुपमा आफ्नो बसोबास गर्दै आएका छन् ।

श्रेष्ठ गठबन्धन सरकारबाट श्रम तथा रोजगार मन्त्री समेत रहेका थिए । श्रेष्ठले मन्त्री हुनु भन्दा अगाडी र मन्त्री भएपछि बारामा ५० करोड भन्दा बढीको केन्द्रिय बजेट पार्न सफल भएका थिए । श्रेष्ठले यहि आर्थिक बर्ष भित्र बारामा २ सय करोड बराबरको केन्द्रिय बिकास बजेटको लागि प्रधानमन्त्री र अर्थ मन्त्री समक्ष पहल गरी रहेको उनका स्वकिय सचिव जगत खड्काले बताए ।

बाराको विकासमा २ अर्बको बजेट दिन प्रधानमन्त्री र अर्थमन्त्री सकारात्मक रहेको श्रेष्ठले रातोघर लाई बताए । २०७४ को निर्वाचनबाट सभासद बनेका श्रेष्ठले सरकारबाट आउने सबै तलब भत्ता आफ्नै निर्वाचन क्षेत्रको नागरिकको लागि सहयोग गरेका थिए । उनले फेरी पनी आफुले सरकार बाट पाउने तलब भत्ता गरिब दुखी जनतामा खर्च गर्ने घोषणा समेत गरि सकेका छन् ।

Write your Comment