वडाअध्यक्ष भएको ४ महिना नपुग्दै, ३ ठुला ताण्डपले चर्चा बटुलेका कार्कीको शैलीमा आजित बने जनता

रातोघर

 ३१ भाद्र २०७९, शुक्रबार १९:११  मा प्रकाशित
१७८५ पाठक संख्या



३१ भाद्र २०७९,बि.पी.भट्ट/ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडाअध्यक्ष तारा बहादुर कार्कीले वडाअध्यक्ष भएको ४ महिना नपुग्दै तिन ठुला ताण्डव मच्चाएका छन् । उनको गलत गर्ने शैलीनैं भिन्न प्रकारको हुने गरेको छ । कार्की आफै गल्ति गर्ने र आफै प्रेस विज्ञप्ती जारी गर्ने गर्दछन् ।

बिहिवार मात्र फिल्ड खटिएका उपमहानगरपालिकाको दुई अमिनलाई दिनभर सटर कोठामा थुनेर राख्दिएका थिए । सो घटनाको विरोधमा २४ वटा वडाका कर्मचारीहरुले विहिवार दिनभर दैनिक कामनै ठप्प पारेका थिए । कर्मचारीको विरोध पछि वडा अध्यक्ष कार्कीले घुराउरो भाषाबाट माफी मागेको प्रेस विज्ञप्ती जारी गर्दै आफु पानी माथिको ओभानो हुन खोजेका छन् ।

अमिन कर्मचारी र वडाअध्यक्षको विवाद
जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको २ अमिन जग्गाको नाप गर्न वडा नं.३ पुगेका थिए । वडाअध्यक्ष कार्कीले किर्ते काम गरेर आफुलाई सहयोग गर्न भनेपछि नमानेका दुई जना अमिनलाई वडाअध्यक्ष कार्कीले दुधडेरीको सटरमा थुनेर राखेका थिए ।

वडाअध्यक्ष कार्कीले अमिनद्वय प्रदिप कुमार बैठा र अम्बिका प्रसाद कुशुबाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै कोठामा लगेर थुने पछि बुधबार साँझ प्रहरीको टोलीले उद्धार गरेको थियो । कर्मचारीहरुले कारवाहीको माग गर्दै वडाको कामकाज समेत ठप्प पारेका थिए ।

वडा अध्यक्ष कार्कीले अमिनद्वयलाई विवादित मुद्दा परेको सरकारी जग्गा जबरजस्ती नाप्न लगाई मुचुल्कामा सहि छाप गर्न भने पछि अमिनहरुले कानुन विपरीत हुने भन्दै नमानेका कारण आफु हरुलाई कोठामा लगेर थुनेको अमिनले आरोप लगाएका थिए ।

अमिन प्रदीप कुमार बैठाले वडाअध्यक्ष कार्कीले अवैध काम गराउन खोजे पछि नमान्दा आफूहरुलाई बुधबार दुव्र्यवहार गर्दै कोठामा लगेर थुनेको र साँझ प्रहरीले उद्धार गरेको बताएका हन् ।

बिहिवार कर्मचारी आन्दोलित भए पछि वडामा दिनभर सेवाग्राहीले सेवाबाट बन्चित बन्नु परेको थियो । पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्र्ती क्षेत्रमा रहेको उक्त वडाको अधिकांश सार्वजानिक जग्गा विवादित र किर्ते रहेको यस अघि सार्वजानिक भएको थियो ।

निर्वाचित भए लगतै पटक पटक विवादमा परेका वडा अध्यक्ष कार्कीले केही दिन अघि एक औद्योगिक प्रतिष्ठानको मुल गेट सार्वजानिक जग्गामा बनेको भन्दै उखेलेर लगे पछि उनी विवादित बन्न थालेका थिए । वडाअध्यक्ष कार्की आफै गेट उखाल्न पगेको भिडियो भाइरल भएको थियो ।

त्यस्तै अर्को घटना हो कार्की अध्यक्ष रहेको जन जागरण मध्यवर्ती वन उपभोत्ता समितीको साधारण सभामा आफु निकट ब्यक्तिहरुको समिती उद्घोष गरी निर्णय पुस्तिकानैं बोकेर हिडेका थिए । उपभोक्ता समितिले १४ लाख बढी रकम तिर्न बाँकी देखाएर सो रकम असुल गर्न आफु निकट ब्यक्तिलाई समितीको अध्यक्ष बनाएको स्थानियको आरोप छ ।

नयाँ कार्यसमिती गठनको विवादले जन जागरणको कार्यालयमा लगाएको ताल्चा अझैं खुल्न सकेको छैन भनै विवाद अझै कायमनैं रहेको छ । हिजो तारा बहादुर कार्कीलाई वडाअध्यक्षमा विजयी गराऔं भन्नेहरु नैं आज कार्कीको विरोधमा उभिएका छन् ।

न पार्टीको निर्देशन मान्ने न त नियम संगत नैं काम गर्न खोज्ने प्रबृतीले आफुहरु आजित भएको कार्की आबद्ध रहेको एमाले पार्टीका स्थानिय नेताहरुको गुनासो रहेको छ ।

Write your Comment