

तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेका छन् ।
घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६:३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । मृतक बालिका सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् ।





Write your Comment