सांसद म्याद सकिएका एमाले नेता विश्वकर्माले सरकारी गाडी फिर्ता नगरेपछि प्रहरीले नियन्त्रणमा लियो

रातोघर

 २१ कार्तिक २०७९, सोमबार १२:१०  मा प्रकाशित
४८३ पाठक संख्या



बारा । एमालेका मधेस प्रदेशका निवर्तमान सांसद सुन्दर विश्वकर्माले प्रयोग गर्दै आएको सरकारी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विश्वकर्माले प्रदेशबाट पाएको सरकारी गाडीको सुबिधा पदिय म्याद सकिए पछि फिर्ता गर्नु पर्ने ब्यवस्ता भएपनि फिर्ता नगरी आफु खुसी प्रयोग गर्दै आई रहेको थियो ।

महिना दिनभन्दा बढी समय बितिसक्दा पनी गाडी फिर्ता नगरेपछि प्रहरीले विश्वकर्माको घरबाटै गाडी नियन्त्रणमा लिएको हो । २०७४ मा बारा ४ (क) मा नेकपा (एमाले) बाट निर्वाचित भएका विश्वकर्मा प्रदेशमा सचेतकको जिम्मेवारीमा थिए । सचेतकले सवारी सुविधा पाउँछ ।

प्रदेश सभाको म्याद सकिएपछि पनि विश्वकर्माले गाडी फिर्ता गरेका थिएनन् । फिर्ता गर्नुपर्ने सरकारी गाडी फिर्ता नगरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सरकारी गाडी हिडेको गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय सिमराको टोलीले विश्वकर्माको जीतपुरसिमरा ४ ओैराहामा रहेको घरबाट उनी चढ्दै आएको प्रदेश २–०२ ००१ झ. ००८८ नम्बरको स्कारपिओ गाडी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

Write your Comment