ब्यापक रुपमा पैसाको चलखेल गरेको गुनासो आएपछि होटल इच्छा दिनभर प्रहरीको घेरामा,पत्रकारको प्रश्नपछि वाग्लेले मोवाईलनैं आफ् गरे

रातोघर

 ३ मंसिर २०७९, शनिबार १९:४८  मा प्रकाशित
७६५ पाठक संख्या



सिमरा: बारा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार इच्छा बहादुर वाग्ले बस्ने उनको आफ्नो लगानी रहेको सिमरा स्थित ४ तारे होटल इच्छामा शनिवार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।

स्वतन्त्र उमेदवार वाग्लेले मनोनयन दर्ता देखी नैं दैनिक १ हजारको दरले २ सय भन्दा बढी युवा दैनिक खर्च दिएर आफ्नो चुनावी अभियानमा परिचालन गरेको भिडियो केहि दिन अगाडी सार्वजनिक भएको थियो ।

हामीलाई प्राप्त गोप्य सुचना अनुसार वाग्लेले स्थानिय तह निर्वाचनमा हारेका उमेदवारको लाखौं रुपैया खर्च ब्यहोर्ने सर्तमा त्यस्ता ब्यक्ति समेत परिचालित गरेको खुल्न आएको छ । जीतपुरसिमरा उपमहानगरभित्रै त्यस्तो चलखेल भएको प्रमाण समेत आफु सँग रहेको एक स्थानिय बताए ।

ईलाका प्रहरी कार्यालय सिमराले स्थानिय बाट गुनासो आएपछि निगरानी बढाएको बताएको छ । वाग्लेको अबौंको जग्गाको कारोवार रहेको र इच्छा होटल सँग जोडिएको मसानघाटको जग्गा प्रकरणमा आफु लाई असहयोग गरेकैं कारण सत्ता गठबन्दनको उमेलवार किसान श्रेष्ठलाई हराउनकैं निमित बागी उमेदवार बनेको भनेर उनले प्राईम टेलिभिजनको कार्यक्रममा सर्वजनिक रुपमैं कबुल समेत गरेका थिए ।

सो कार्यक्रममा किसान श्रेष्ठकै डिजाईनमा मसानघाट हुनु पर्छ भनेर मालपोत बाट निर्णय गराउने देखि लिएर अहिले सर्वौच्चमा जाने सम्मको काम श्रेष्ठकै योजनामा भएको र त्यसको बिरुद्धमा पनी आफु उमेदवार बनेको भनेर वाग्लेले सर्वजनिक कार्यक्रममैं भनेका थिए । त्यसको जवाफमा श्रेष्ठले मसानघाट मसानघाट नैं रहन्छ कसैको निजी सम्पनी हुन दिन्न भनेर कार्यक्रममै प्रतिक्रिया समेत दिएका थिए ।

यता वाग्लेले भने मिडियामा ‘हामीमाथी सत्ता शक्तीको दुरुपयोग गरेर नियमित प्रहार भईरहेको बताउछन् । तर हामीले उनलाई बास्तवमा प्रहरीले किन घेराबन्दी गरे भनेर प्रश्न सोध्ने क्रममा उनले बोल्दा बोल्दै आफ्नो मोवाइलनै आफ गर्न पुगेका थिए । फोनमा कुरा गर्दा गर्दै आँखिर किन र के का लागि फोन अफ गर्यो भन्ने कुरा बुझ्न भने बाँकी छ ।

Write your Comment