बारा क्षेत्र नम्बर ४ मा नेकपा एमालेले रातारात अहिले भोट माग्दै गरेको तथ्य सार्वजनिक भएको छ । निर्वाचनको पुर्वसंध्यामा नेकपा एमालेले भोट मागेको तथ्य खुलेको हो । मौन अवधी जारी रहदा नेकपा एमालेले बारा क्षेत्र नम्बर ४ मा एमालेले रातारात भोट मागिरहेको पाईएको हो । क्षेत्र नम्बर ४ को जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको तर्फबाट ४ क का प्रदेशसभा सदस्य सभा सदस्य उम्मेदवार देव नारायण चौधरीले पैसा बाड्दै गरेको सुचना पाएपछि प्रहरीले केहिबेरअघि छापा मारेको छ । प्रहरीको छापापछि प्रदेशसभा सदस्य उम्मेदवार चौधरीले पैसा आफुहरुले नबाडेको भन्दै पन्छिन खोजे । निर्वाचनको मौन अवधीको समयमा उम्मेदवारले मतदातालाई प्रलोभनमा गर्ने कुनै पनि गतिविधि गर्न नपाउने नियम छ । क्षेत्र नम्बर ४ क मा भने प्रदेशसभा सदस्य उम्मेदवार चौधरीले रातारात पैसा बाडेको विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार प्रदेशसभा सदस्य उम्मेदावार चौधरीले क्षेत्र नम्बर ४ क को बिभिन्न वडामा जातियता र धर्मको नाममा अर्नगल प्र्रचार गरी पैसा बाडिरहेका छन् । पछिल्लो समय बारा क्षेत्र नम्बर ४ मा ५ दलिय गठबन्धनको तर्फबाट किशान श्रेष्ठले आफ्नो छवि कायम गरिरहेका बेला चौधरीले झुटो प्रचार गरी मतदातालाई प्रलोभन पार्ने गरी पैसा बाडिरहेका छन् । पैसा बाडेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय सिमराले केहिबेरअघि चौधरीको वडा नम्बर ६ स्थित टोलमा छापा मारेको थियो ।
Write your Comment