निर्वाचनको पुर्व सध्यामा विवाद गरेको आरोपमा जीतपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ६ र ७ का वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनको समयमा मतादातालाई प्रभाावित पार्ने गरी अबैद्य गतिविधि गरेको भन्दै प्रहरीले वडा नम्बर ६ र ७ का वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वडा नम्बर ६ का वडा अध्यक्ष कैमुद्धिन अंसारी र वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको हो । निर्वाचनको मौन अवधीको समयमा वडा नम्बर ६ का वडा अध्यक्ष अंसारी र वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ताले मतादातालाई प्रभावित पार्ने गतिविधिमा संलग्न भएको पाईएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार दुवै वडा अध्यक्षले मतदातालाई प्रभावित पार्ने गरी जनतासंग विवाद गरी प्रलोभन देखाउने काम गरेका थिए । निर्वाचन आचार संहिता अनुसार कसैले पनि आफ्नो पक्षमा मत माग्न नपाउने व्यस्था रहेको छ । तर वडा नम्बर ६ र ७ का वडा अध्यक्षले भने खुलेयाम मत माग्दै हिडेको खबर पाएपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । दुवै वडा अध्यक्षले प्रतिनिधिसभा सदस्य उम्मेदवार एकवाल मिया र प्रदेशसभा सदस्य उम्मेदवार देव नारायण चौधरीको पक्षमा मत मागेपछि प्रहरीले निगरानी गरेको थियो ।
Write your Comment