श्रेष्ठको विजय र्यालीको कार्य तालिका सर्वजनिक, पहिलो दिनको कार्य तालिका यस्तो..,यो हेर्नुस्

रातोघर

 ७ मंसिर २०७९, बुधबार २१:५०  मा प्रकाशित
७१८ पाठक संख्या



सिमरा । बारा क्षेत्र नं.४बाट प्रतिनिधी सभा सदस्यमा भारी मतले विजयी भएका कृष्ण कुमार श्रेष्ठ किसानको सचिवालयले मंसिर ८ गते पहिलो दिन हुने विजय र्यालीको कार्य तालिका सर्वजनिक गरेको छ । १० हजार ६६ मतान्तरले विजयी भएका श्रेष्ठले चुरियामाई मन्दिरको दर्शन गरेर विहान ६:३० बजे विजय र्यालीमा सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जानएको छ ।

मंसिर ४ गते निर्वाचनको दिनपनी चुरियामाईको दर्शन गरेर मतदान केन्द्रको अनुगमनमा लागेका श्रेष्ठले आफ्नो विजय र्यालीको सुरुवात पनी चुरियामाई मन्दिरको प्रङ्गगणबाट सुरु गर्न लागेका छन् ।

चुरियाबाट सुरुहुने विजय र्याली ३ नं. पुल,विरेदमार स्थित सम्पर्क कार्यालय,अमलेखगञ्ज बजार, चकरी,नयाँवस्ति,चकरी हुदैं पथलैया, दशधुरे,सिमरा खानेपानी, झापाली टोल,रंगशाला चोक, विवेकशिल चोक,एयरपोर्ट रोड, सिमरा चोक,कलेज रोड, मुसहर्नीमाई,नयाँवस्ति, राधाकृष्ण वन,छिरिङ्ग डाँडा हुदै हाइवे निस्किने र हुलाश टोल हुदैं दुरसञ्चार परिक्रमा गरी औराहा स्थित श्रेष्ठको निजी निवासमा खाना खाने कार्यक्रम रहेको छ ।

त्यसैगरी खानपछि पुन विसौलिया,बकुलिया,जितपुर,नगौल,रामवन र वजनी सम्म पहिलो दिनमा समेट्ने कार्य तालिका सार्वजनिक गरिएको सचिवालयले जानकारी दिएको छ । दोस्रो दिनको कार्य तालिका समेत यसरी आउने बताईएको छ ।

सचिवालयले आम जनतालाई स्वस्र्फुत रुपमा विजय र्यालीमा सहभागी हुन बारा वासीलाई आह्वान समेत गरेको छ ।

Write your Comment