बारा, १८ फागुन । बारामा बुधबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्ती बस्ने ४५ वर्षीय गापन दर्लामीको मृत्यु भएको हो ।
जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले उनको टाउको र हातमा कुल्चिएको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले जंगली हात्तीले मान्छे मारेको छ भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी टोली पुगेको थियो ।
शव टाँगिया बस्तीमा ल्याएर राखिएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । हात्ती बस्ती आसपासमै हुन सक्ने भएकोले सचेत भएर बस्न बस्तीका बासिन्दालाई आग्रह गरिएको उनले बताए ।
Write your Comment