जीतपुरमा डोजर चल्दा भुईं मान्छे मेयर पौडेललाई जनताको साथ, असाधरण क्षमताको मेयरले देखाएको आशाहरु

रातोघर

 २०८० बैशाख १७, आईतबार  मा प्रकाशित
८७७ पाठक संख्या


सिमरा,वि.पी भट्ट । ‘देर आये दुरुस्त आये’ बाराको जीतपुरमा रहेको गौशालाको सार्वजनिक जग्गा कब्जा गरेर बनेका भौतिक संरचनामा आइतवार जीतपुर सिमरा उपमहानगरले डोजर चलाएर खाली गरेको छ । ‘वीरगन्ज–जीतपुर गौशाला’ नामको गैरसरकारी संस्थाले करिब ३ दशकदेखि भोगचलन गर्दै आएको सार्वजनिक जग्गा उपमहानगरले डोजर चलाएर खाली गराएको हो ।

जीतपुर बजारको मुटुमा रहेको एक बिगाहा ५ कठ्ठा सार्वजनिक जग्गामा विगत लामो समयदेखि भुमाफिया हरुले भौतिक संरचना बनाएर मनोमानी ढंगले भाडा उठाउँदै आएका थिए । डोजर चलाउने बिषयमा जिल्ला प्रशासन कार्यालय बाराले खासैं चासो नदेखाए पनि मेयर आफै अगाडी सरेर डोजर सहित अगाडी बड्दै गर्दा मेयर पौडेलले सोचेभन्दा धेरै नगरवासीको साथ पाएको थियो ।

स्थानिय तहको निर्वाचनमा आफ्नो चुनावी एजेन्डामैं नगरभित्रको सार्वजनिक जग्गा तथा सम्पतीको संरक्षणक गर्नेछु भनी प्रतिबद्धा गरेका जीतपुरसिमराको नगरप्रमुख राजन पौडेलले आफ्नो प्रतिबद्धा अनुसार नगरको केन्द्र जीतपुरमा रहेको गौशालाको जग्गामा पहिलो पटक डोजर चलाउँदा नगरवासीले ‘देर आये दुरुस्त आये’ भन्न थालेका छन् । निकै साधारण स्वभावका भुईं मान्छेको पहिचान बनाएका मेयर पौडेलको काम गर्ने क्षमता भने साधारण छैन । उनी हरेक काम नियम पुराएर गर्न खोज्छन् ।

जोडर चलाएर एक्कासी देशब्यापी रुपमा हाई हाई कमाएमा काठमाण्डौं महानगरका मेयर बालेन साह भन्दा पिर्थक स्वभावको मेयर पौडेल प्रचारमा आउने भन्दा पनी जनताको विकल्प अनुसार काम गर्दै जाने सोचको साथ अगाडी बढेको देखिन्छ । हालै मात्र शैक्षिक सुधारको लागि कक्षा आठको परिक्षा प्रणालीनैं परिर्वतन गरेर जिल्लामैं पहिलो पटक मेयर पौडेलले जीतपुरसिमरामा परिक्षा केन्द्र तोकेर कक्षा आठको परिक्षा लिईयो र उत्तरपुस्तिका नैं जाँच नगरि विद्यालय आफैले मनोमानी नतिजा प्रकाशन गर्ने पद्धतीको अन्त्य गरेका थिए ।

जीतपुरसिमरामा १५ सैयाको अस्पताल निर्माणको काम तिब्रगती भैं रहेको देखिन्छ । बैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृत गर्ने काम समेत नगरबाटै हुन थालेको छ । निजी विज्ञापन एजेन्सी मार्फत बार्षिक ५० लाख भन्दा बढीको विज्ञापनमा खर्चलाई मेयर पौडेलले कटौती गर्नुको साथै हरेक विज्ञापन गोरखापत्र बाट प्रकाशन गर्न थालेका छन् । यसले ब्यक्तिमा जाने कमिशनको अन्त्य गरी सरकारी संस्थालाई प्रबद्धन गरेको देखिन्छ । यी त मेयर पौडेलको प्रतिनिधी कामहरु मात्र हुन् ।

मिडिया बाजी र प्रचारमा आउनु भन्दा पनि जनताको आवश्यकता अनुसार काम गर्ने र नगर सञ्चालनको ऐन नितिमा रहेर काम गर्नु पर्दछ भन्ने मान्यता राख्ने मेयर राजन पौडेलको नगरवासीले खुलेर प्रशंसा गर्न थालेको देखिन्छ । उपमहानगरको पहिलो जनप्रतिनिधीहरुको कार्यकालले नगरवासीमा निराश छाएको थियो ।

मेयर राजन पौडेलको कामले जनतामा नगर परिर्वतनको आशा छाएको छ । मेयर पौडेललाई उपमेयर भोला अधिकारीको समेत राम्रो साथ सपोर्ट रहेको देखिन्छ । सुरु सुरुमा विरोध गरेका वडा अध्यक्षहरु समेत मेयर पौडेललाई सहयोग गर्न थालेको देखिन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban