भत्कियो भरत तालको पर्खाल, जेट बोट चलाउन बन्द

रातोघर

 २०८० जेष्ठ १५, सोमबार  मा प्रकाशित
५०७ पाठक संख्या


सर्लाहीको बागमती किनारामा बनाइएको तालको एउटा छेउको पर्खाल  फुट्दा पानी बगेर गएको छ। निर्माणपछि मेयर भरत थापाको नाम कायम भएको ‘भरत ताल’ फुटेको हो।

पानी बगेपछि तालमा चल्दै आएका ‘जेट बोट’ तत्कालका बन्द गरिएका छन्।

‘एउटा तालबाट अर्को तालमा पानी लैजाने ठाउँमा २ मिटर आरसिसी पर्खाल जोड्न बाँकी थियो,’ मेयर थापाले भने, ‘माथिल्लो तालबाट तल्लोमा पानी झार्ने क्रममा अर्कोतर्फ मोडियो।’

मेयर थापाले पर्खाल टुटेको ठाउँमा आजै काम थालिएको र आजै अबेरबाट तालमा फेरि पानी भर्न थालिने बताए।

‘हिँड्दाखेरि ठेस लाग्छ,’ मेयर थापाले भने, ‘बालुवामा बनेको हो। त्यहाँ बन्दै गरेको संरचनामा सेप्टिक ट्याङ्कीबाट पाइप बाहिर निकाल्न काम गर्नुपर्ने भएकाले केही ठाउँको काम बाँकी थियो। त्यसै ठाउँमा क्षति भयो।’

भरत ताल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको थियो।

पूर्व-पश्चिम राजमार्गबाट ३ किलोमिटर भित्र रहेको ताल वरपर होटल लगायत संरचनासमेत बनिरहेका छन्।

मेयर थापाले तालको समस्याबारे प्राविधिकहरूसँग भने कुराकानी नभएको बताए।

‘प्राविधिक टोलीले रिपोर्ट गर्नुपर्ने क्षति होइन,’ उनले भने, ‘अलिकति सिधा जानुपर्ने पानी दायाँ लागिदियो।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban