

बारा ।
बाराका संचारकर्मी महेश्वर अधिकारी सम्पर्क बिहिन भएका छन् । अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ ।
काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसेबास गर्दै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
शुक्रबार बिहान घरबाट कार्यलय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो । फरक नेपाल डटकमका सञ्चालक अध्यक्ष एवम् निजगढखबर साप्ताहिकको कार्यकारी सम्पादकस अधिकारीले प्रयोग गर्ने मोबाइलसमेत अफ रहेको छ ।
नेकपा माओवादी निकट प्रेस सेन्टरको केन्द्रीय सदस्यसमेत रहेका उनी सम्पर्कविहीन भएको सूचना प्रहरीसम्म पुगेको छ । प्रहरी र आफन्तले शुक्रबारबाट नै खोजबिन गरेको थियो । तर, उनी कतै फेला परेका छैनन् ।





Write your Comment