जितपुरसिमराका वालविकास सहजकर्तालाई मन्टेश्वरी तालिम

रातोघर

 २०८० जेष्ठ २५, बिहिबार  मा प्रकाशित
५८० पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहागरले सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई मन्टेश्वरी इसिडी तालिमको उद्घाटन गरेको छ । हेटौँडा लिंकेज टेक्निकल एकेडेमी प्रा. लि हेटौडाको प्राविधिक सहायता तथा व्यवस्थापनमा उपमहानगरले पहिलो चरणमा ५ दिने तालिम बुधबारदेखि सिमरामा सञ्चालन गरेको हो ।

बालविकास सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी तालिम तथा जानकारी दिन उपमहानगरले पहिलो चरणमा नगरका २१ जना बालविकास सहजकर्ता र दोस्रो चरणमा २१ जना गरी ४२ जना बाल विकास सहजकर्ता तथा तेस्रो चरणमा प्राथमिक तहमा स्थायी भई आएका नव प्रवेशी २० जना प्राथमिक शिक्षकलाई ५ दिने तालिम सञ्चालन गर्न लागेको हो । तालिम श्री नेपाल राष्टिय माध्यमिक बिद्यालय सिमरा २ को सभाहलमा संचालन हुनेछ ।

उपमहानगरको कुल लागत ३ लाख ५० हजारमा लिंकेज टेक्निकल एकेडेमी प्रा. लि हेटौडाले तालिमको जिम्मा पाएको हो । तालिम कार्यक्रमको उद्घाटन जीतपुर सिमरा उपमहानगरका उपप्रमुख भोलाप्रसाद अधिकारीले गरे ।

कार्यक्रममा नगरका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, ने.रा .नमुना मा वि सिमराका व्यवस्थापन समितिका अध्यक्ष गंगा वस्नेत , प्रधानाध्यापक शंकरकुमार आचार्य, लेखा प्रमुख उद्व अधिकारी लगायतको उपस्थिति रहेको थियो । तालिम प्रशिक्षण ट्रिजा सुब्बा र स्वस्तिका थापाले दिइरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban