जीतपुरसिमरामा भोलीदेखी बिहानी कक्षा

रातोघर

 २०८० जेष्ठ २७, शनिबार  मा प्रकाशित
५६५ पाठक संख्या


सिमरा । गर्मी बढेपछी बन्द रहेका निजी तथा सामुदायिक बिद्यालयहरु भोलीबाट बिहानमा संचालन हुने भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले जेठ २८ गते भेलीदेखि बिहानी कक्षा संचालन गर्न निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।

गर्मीका कारण जेठ १६ गतेदेखि बिदा दिदै आएको उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आइतबारदेखि कक्षा संचालन गर्न निर्देशन दिएको हो ।

अर्को सूचना जारी नभएसम्म बिहान ६ बजेदेखि ९ः३० बजेसम्म कक्षा संचालन गर्न उपमहानगरपालिकाले निर्देश गरेको छ ।May be an image of text

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban